आइएमई पे र ग्रिन वे बीच सम्झौता

काठमाडाैं । आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ र साइकल सिटी नेटवर्क नेपाल (ग्रिन वे) बीच सम्झौता भएको छ।

दिगो विकास तथा स्वास्थ्य जीवन र स्वच्छ सहरका लागि साइकल यात्रा अभियानमा  सहभागी हुने साइकल यात्रीलाई १ किलोमिटर साइकल यात्रा गरेबापत रु. ३ प्रदान गरिनेछ र सो रकम भुक्तानी गर्ने पेमेन्ट पाटर्नर आइएमई पे रहेको छ।

सेवा सुरुआत गरिएको उपलक्ष्यमा साइकल सिटी नेटवर्क नेपाल (ग्रिन वे) को अध्यक्ष शैलेन्द्र डंगोलले साइकल यात्रा प्रवर्द्धन अभियानमा सहभागी साइकल यात्रीलाई आइएमई पेमार्फत भुक्तानी गर्न सकिने हुँदा सेवाग्राहीलाई अझ सजिलो हुने र सोही एप प्रयोग गर्दा क्यास ब्याकको फाइदा पनि उठाउन सक्ने विश्वास व्यक्त गरे।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री