शुक्रबार १५ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार छापावाला सुन प्रतितोला १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसदिन चाँदीको मूल्य भने घटेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार चाँदी १ हजार ९ सय ५० रुपैँयामा कारोबार भएको थियो ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री