काठमाडौँ ।मेगा बैंक लिमिटेडले शुक्रबार एकैदिन आफ्ना ६ वटा नयाँ शाखा विस्तार गरेको छ। बैंकले प्रदेश नम्बर १ मा एउटा, बागमती प्रदेशमा ३ वटा, लुम्बिनी प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा एउटा गरी जम्मा ६ वटा नयाँ शाखाहरु विस्तार गरेको हो।
प्रदेश नम्बर १ मा सुनसरी जिल्ला,बागमती प्रदेशमा नुवाकोट जिल्ला ,चितवन जिल्लामा दुईवटा ,लुम्बिनी प्रदेशमा बाँके जिल्ला र सुदूरपश्चिम प्रदेशमा कैलाली जिल्ला नयाँ शाखा विस्तार गरेको बैंकले जनाएको छ।
यो सँगै अब मेगा बैंकको शाखा संख्या १८४ पुगेको छ।
तपाईंको प्रतिकृया



