होण्डाद्वारा चाडपर्व योजना अन्तर्गत एक भाग्यशाली ग्राहकलाई १० लाख पुरस्कार

काठमाडौँ । होण्डा नेपालले हालै सम्पन्न गरेको चाडपर्व योजना ‘हाम्रो चाडबाड, होण्डाको खुसीयाली बारबार’ अन्तर्गत एक भाग्यशाली ग्राहकले १० लाख नगद पुरस्कार जितेको घोषणा गरेको छ ।

दसैँ, तिहार र छठ पर्वको रौनक मनाउन सुरु गरिएको यस योजनालाई नेपालभरका ग्राहकहरूले अत्यन्त मन पराएको कम्पनीको दाबी छ ।

यस योजनाअन्तर्गत, यो चाडपर्वको समयमा होण्डाको बाइक र स्कुटर खरिद गर्ने ग्राहकहरूले प्रत्येक खरिदमा १० लाखसम्मको नगद पुरस्कार जित्न सक्ने अवसरबाट ६ जना भाग्यशाली ग्राहकहरूले पहिले नै १ लाख रुपैयाँ जितिसकेको र अन्ततः कपिलवस्तु शुद्धोधन–१ का इरफान अहमद मुसलमानले सिद्धि विनायक अटो इन्टरनेशनल प्रा.लि. भैरहवाबाट खरिद गर्दा १० लाख रुपैयाँको मुख्य पुरस्कार जितेको कम्पनीले जनाएको छ ।

विजेतालाई स्क्र्याच कार्डमार्फत छनोट गरिएको हो ।

चाडबाडको रमाइलो बढाउँदै होण्डा बाइक र स्कुटर घर ल्याएर उत्सवमा खुसीयाली थप्ने ग्राहकलाई कम्पनीले धन्यवाद दिएको छ । साथै, आगामी दिनहरूमा पनि होण्डाले यस्ता धेरै योजनाहरू ल्याउने प्रतिज्ञा दिँदै शोरूमहरूमा आउन प्रोत्साहन गर्ने बताएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

साईमेक्स इन्क.ले नेपालभर गर्यो १०० युनिट डेलिभरी पूरा

काठमाडौँ । BYD को ३०औं वार्षिकोत्सव र १ करोडौँ NEV विश्वव्यापी उत्पादनको अवसरमा BYD, र …

प्रतिकृया दिनुहॊस