गुल्मी ।गुल्मीको मुसिकोट नगरपालिका दोभानमा लु१ज- ४५६५ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। शान्तिपुरबाट सदरमुका तम्घास तर्फ जाँदै गरेको जिप बिहान दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाइको छ ।दुर्घटनामा सात जना घाइते भएका छन् भने घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ
पुरा पढ्नुहॊस »सुनको भाउ बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोला रु ३०० ले बढेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १०० रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ६०० रहेको छ ।
पुरा पढ्नुहॊस »राष्ट्रपतिद्वारा युद्ध संग्रहालयको उद्घाटन
काठमाडाै ।राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा नेपालकै पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गरेकी छन् । संग्रहालय उद्घाटनको लागि उनी आज नेपाली सेनाको हेलिकोप्टरमार्फत सिन्धुलीगढी आएकी थिइन् । नेपाली सेनाले कमलामाई नगरपालिकासँगको सहकार्यमा युद्ध संग्रहालय निर्माण गरेको हो । उक्त संग्रहालयको ०७६ कात्तिक मा शिलान्यास गरिएको थियो ।
पुरा पढ्नुहॊस »प्रभु पे डिजिटल वालेट र अनलाइन फुड डेलिभरि कम्पनी लस्कर फुड्सबीच सहकार्य
काठमाडाै ।प्रभु पे डिजिटल वालेट र अनलाइन फुड डेलिभरि कम्पनी लस्कर फुड्सबीच सहकार्य गर्ने सम्झौता भएको छ ।अब लस्कर फुड्सका प्रयोगकर्ताले प्रभु–पे डिजिटल वालेटबाट लस्कर फुड्स मार्फत भुक्तानी गर्न सक्नेछन् । यससँगै लस्कर फुड्सबाट खानेकुरा अर्डर गरेर प्रभु पे मार्फत भुक्तानी गर्दा आकर्षक अफर पाउने लस्कर फुड्सले जनाएको छ । लस्कर फुड्सले २ मा १ योजना समेत अघि सारेको छ जसमा लस्कर फुड्सका प्रयोगकर्ताहरुले मःमः, बर्गर र विरियानी २ वटा …
पुरा पढ्नुहॊस »ट्रकको ठक्करबाट २ जनाको मुत्यु
झापा । झापाको दमकमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मुत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार झापाको कनकाई नगरपालिका -३ का ४३ वर्षीय पूर्णबहादुर विष्ट र मोटरसाइकलको पछाडि सवार ३६ वर्षीय भिमा विष्ट रहेको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४ ख ८७३० नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको प्र २–०३–०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई दमक ९ स्थित शान्ति मार्ग नजिकै ठक्कर दिएको थियो।
पुरा पढ्नुहॊस »राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त
काठमाडाै ।योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त भएका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकले उनलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निणर्य गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नीतिगत सल्लाहकार संस्था आयोगको उपाध्यक्षमा प्राज्ञिक क्षेत्रमा कार्यरत डा. विश्व पौडेललाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् ।
पुरा पढ्नुहॊस »टोकियो ओलम्पिकमा गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दै
काठमाडाै ।नेपालकी पौडी खेलाडी गौरिका सिंहले टोकियो ओलम्पिकमा आज प्रतिस्पर्धा गर्दै छिन् । गौरिकाले महिलाको १ सय मिटर फ्री–स्टाइलमा प्रतिस्पर्धा गर्ने छिन् । उनको खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ । गौरिका हिट वानमा रहेकी छन् । यस हिटमा नेपालसहित नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी रहेका छन् । सिंह १३औं दक्षिण एसियाली खेलकुद सागकी स्वर्ण विजेता खेलाडी हुन् ।
पुरा पढ्नुहॊस »राष्ट्रपतिद्वारा दुई प्रदेश प्रमुख पदमुक्त दुई जना नयाँ प्रदेश प्रमुख नियुक्त
काठमाडाै ।राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशमा दुई जना नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।नेपाल सरकारको मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले दुई प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्दै गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्त गर्न सिफारिस गरेको थियो । संविधानको धारा १६३ को उपधारा (२) बमोजिम दुई जनालाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यलयबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पुरा पढ्नुहॊस »सरकारले लागू गरेका जनस्वास्थ्यका मापदण्ड गम्भीररूपमा पालना गर्न विज्ञको सुझाव
काठमाडौँ । सरकारले लागू गरेका जनस्वास्थ्यका मापदण्ड गम्भीररूपमा पालना गर्न विज्ञले सुझाव दिएका छन् । कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा हेलचक्य्राइँ गरे एक महिनामा नै सङ्क्रमणको तेस्रो लहर आउन सक्ने चेतावनी दिएका छन् । मंगलबार राजधानीमा आयोजित ‘कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरको सम्भावना, सरकारको पूर्वतयारी’ विषयक अन्तक्र्रियामा जनस्वास्थ्यका विज्ञले अहिले स्वास्थ्यकामा मापदण्ड लागू नहुँदा सङ्क्रमण बढिरहेकाले तेस्रो लहर आउन सक्ने बताउनुभएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्वनिर्देशक …
पुरा पढ्नुहॊस »नेपालमा फाइभ–जी परीक्षणको बाटो खुल्यो
काठमाडाै ।नेपाल दूरसञ्चार प्राधिकरणको हालै बसेको बोर्ड बैठकले ‘फाइभ–जीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि, २०७८’ स्वीकृत गर्दै नयाँ प्रविधिका लागि बाटो खुला गरिदिएको छ । पाँचौँ पुस्ताको फाइभ–जीसहित अन्य नयाँ प्रविधिको परीक्षणका लागि बाटो खुला भएको छ । यससँगै फाइभ–जीसहित मेसिन टु मेसिन (एमटुएम), इन्टरनेट अफ थिङ्स (आईओटी)लगायत नयाँ प्रविधिको परीक्षण गर्न चाहने सेवा प्रदायकहरूले अनुमतिका लागि प्राधिकरणमा निवेदन दिन सक्ने प्राधिकरणले जनाएको छ । नयाँ प्रविधिको परीक्षणका लागि आवश्यक पर्ने …
पुरा पढ्नुहॊस »