रश्मी

पिकअपको ठक्करबाट बालकको मृत्यु

झापा। झापा कमल गाऊपालिका ५ आदीबासी रङशाला अगाडी पुर्व-पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट पैदल यात्री बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही भक्तिपुर गाऊपालिका ३ ईश्वरपुर घर भई घुम्दै फिर्दै आई सोही स्थानमा पाल टागी बस्ने लोहरा कापरीको छोरा ४ बर्षीय मानव कापरी रहेका छन् । आज दिउसो साढे ११ बजे पश्चिम आउदै गरेको प्रदेश ०३-००१ च ०३६४ नम्बरको पिकअप गाडीले बाटो क्रस गर्दै गरेका बालकलाई ठक्कर दिँदा घटनास्थलमानै मृत्यु भएको …

पुरा पढ्नुहॊस »

थप १ हजार ७५६ जनामा कोरोना संक्रमण

काठमाडाै ।  नेपालमा थप १  हजार ७५६ जनामा  कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७५६ जनामा संक्रमण पुष्टि भएको हो । आज थप २३ जनाको मृत्यु भएको छ भने २२७४जना संक्रमणमुक्त भएका छन् । नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:२  प्रतिशत रहेका छ । आज १४ हजार ३३४  नमुना परीक्षण गरिएको थियो  ।

पुरा पढ्नुहॊस »

भाद्र २० गतेदेखि मनकामना केबुलकार सञ्चालनमा आउने

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) दोस्रो लहरका कारण बन्द रहेको मनकामना केबुलकार भाद्र २० गते आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार स्ट्याण्डर्ड अपरेटिङ प्रोसेडयुरपालनागर्दै स्वास्थ्य सुरक्षाको कडा नियमहरु अपनाउंदै केबुलकार सेवा सञ्चालनमा आउन लागेको हो । कम्पनीले नगदरहितकारोबारको लागि ई–सेवा, फोन–पे आदि जस्ता डिजिटलमाध्यमबाटै यात्रुले केबुलकारको टिकट खरिद गर्न सक्न व्यवस्था गरेको छ ।

पुरा पढ्नुहॊस »

कुमारी बैंकद्धारा निःशुल्क एन्टिजेन टेस्ट क्याम्प आयोजना

काठमाडौं । कुमारी बैंक लिमिटेडले निःशुल्क एन्टिजन् टेस्ट क्याम्प आयोजना गरेको छ । बैंकले शुक्रबार (आज) काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा निःशुल्क एन्टिजन् टेस्ट क्याम्प आयोजना गरेको हो । क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई अ्एन्टिजन् टेस्ट गराउने व्यक्तिको कोरोना सङ्क्रमण भए–नभएको रिपोर्ट १५ मिनेटमा नै दिएको जानकारी गराएको छ । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना विरुद्धको लडाईमा बैंकले सहयोग गर्ने उद्देश्यले उपरोक्त कार्यकम आयोजना गरेको हो ।

पुरा पढ्नुहॊस »

प्रभु बैंकले क्यापिटल मर्चेन्टलाई प्राप्ति गर्ने प्रस्ताव अनुमोदन

काठमाडौं । प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ्गलाई एक्विजिसन  गर्ने प्रस्ताव अनुमोदन भएको छ । बैंकको बिहिबार साँझ बसेको संचालक समिति बैठकले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धमा गरिएको प्रारम्भिक समझदारी अनुमोदन गर्ने निर्णय गरेको हो ।

पुरा पढ्नुहॊस »

पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी

काठमाडौं । पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ । हरितालिका (तीज)को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ । मन्दिर खोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग पनि परामर्श गरिएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिएका छन् । कोरोना भाइरस (कोभिड–१९) बढ्दै गएपछि गत वैशाख पहिलो सातादेखि पशुपतिनाथको मूल मन्दिरलगायत देवालय शिवालय एवं गुह्येश्वरीलगायत शक्तिपीठ भक्तजनका …

पुरा पढ्नुहॊस »

बागमती नदीमा शव भेटियो

काठमाडौं । काठमाडौंको बागमती नदीमा एक युवकको शव भेटिएको छ । मिनभवन र कोटेश्वरको नजिक बागमती नदीमा आज बिहान शव भेटिएको हो । काभ्रेपलाञ्चोकको शारदा बतासे-८ घर भएका बिक्रम तामाङको शव  भेटिएको प्रहरीले जनाएको छ । बिक्रम काठमाडौंमा सवारी चालकको काम गर्दै आएका थिए ।

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ डिबेन्चर २०८४/८५’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। मुक्तिनाथ विकास बैंक र नेप्सेबीच भदौ १७ गतेका दिन ८.७५ प्रतिशत ब्याजदर भएको यो ऋणपत्र सूचीकरण सम्झौता भएको हो। सम्झौताबमोजिम उक्त ऋणपत्रको चुक्ता मूल्य रु. १ हजार दरका कुल १२ लाख ५० हजार इकाइ ऋणपत्र सूचीकृत भएको छ। बैंकले सर्वसाधारण समक्ष सानिमा क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी)मार्फत उक्त ऋणपत्र सर्वसाधारणका लागि खुल्ला बिक्री गरेको …

पुरा पढ्नुहॊस »

ढुंगाले किचेर एक जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङ फुङलिङ नगरपालिका १० सिम्लेमा रहेको सानीमा हाईड्रोपावरमा काम गर्ने मजदुरको ढुंगाले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ फत्तालुङ गाऊपालिका १ का ४४ बर्षीय खग प्रसाद तामाङ रहेका छन् । बिहीबार दिउसो  हाईड्रोपावरको भान्सा कोठामा बसिरहको अवस्थामा माथीबाट ठुलो ढुंगा झरी किचेर घटनास्थलमानै मृत्यु भएको छ । उनि सोही हाईड्रोपावरमानै खाना पकाउने काम गर्ने बुझिएको छ । घटनास्थलमा प्रहरी चौकी शिवा र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट …

पुरा पढ्नुहॊस »

सामलिङ्ग पावरको आईपीओमा आवेदन खुला

सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओमा आज भदौ १८ गतेबाट आवेदन खुला गरिएको छ। कम्पनीले आयोजना प्रभावित इलामवासीका लागि १०० रुपैयाँ अंकित दरका कुल ५ लाख कित्ता आईपीओ निष्कासन गरेको छ। कुल निष्कासित कित्तामध्ये आयोजना प्रभावित इलाम जिल्लाभरिका बासिन्दाका लागि ६० प्रतिशत अर्थात ३ लाख कित्ता र आयोजनाबाट अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नं. ४ र ५ का बासिन्दाका लागि २ लाख कित्ता …

पुरा पढ्नुहॊस »