‘लैङ्गिक हिंसा र दुर्व्यवहार : छैन हामीलाई स्वीकार’

काठमाडौं । ‘लैङ्गिक हिंसा र दुर्व्यवहार : छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ ।

हरेक वर्ष संसारभर नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रूपमा मनाउने गरिन्छ । अभियानका क्रममा विभिन्न संघ संस्थाले पदयात्रा, अन्र्तक्रिया, गोष्ठी, सार्वजनिक सुनुवाई लगायतका कार्यक्रम आयोजना गर्दैछन् । अभियानका अवसरमा राष्ट्रिय महिला आयोगले दुई दिनसम्म सातै प्रदेशका सांसद्, जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, सामाजिक विकासमन्त्री, सचिव र सरोकारवाला निकायसँग अन्तक्रिया गर्दैछ ।

लैंगिकताका आधारमा महिला तथा पुरुषमाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न विश्वव्यापी रुपमा यो अभियान सुरु भएको हो । संयुक्त राष्ट्र संघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मलाई महिलाविरुद्ध हुने हिंसा निर्मूलन सम्बन्धी दिवसका रूपमा मनाउँदै आएको छ । विश्वमा सन् १९९१ देखि यो अभियान सुरु भएको हो। नेपालमा भने ०५४ सालदेखि यो अभियान सञ्चालन हुँदै आएको छ ।

बोक्सीको आरोप, छाउपडी, दाइजो जस्ता कुप्रथासँगै यौन हिंसाबाट नेपालमा दिनहुँ महिला प्रताडित हुँदै आएका छन् । कानुनले निषेध गरिसकेको अवस्थामा समेत अन्धविश्वास, कुरीति, कुसंस्कारले गर्दा नेपाली महिला हिंसा, विभेद र अपमानका पीडा खप्न बाध्य छन् । अभियान अन्तर्गत बस, रात्री बस, मिनी तथा माइक्रो बस, टेम्पोमा सँगै बस्दा महिलालाई छुने, थिच्ने, घुर्ने, जिस्क्याउने जस्ता अवान्छित र अमर्यादित काम रोक्ने बताइएको छ ।

अभियानको उद्घाटन शनिबार महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले साझा यातायात कार्यालय ललितपुरबाट उद्घाटन गरेकी छिन् । यौनजन्य तथा लैङ्गिक हिंसाविरूद्धको अभियान अन्तरर्गत सार्वजनिक यातायातमा अभियान सुरु गरिएको हो । अभियानअन्तर्गत सार्वजनिक यातायातमा यात्रीलाई घटनाबारे जानकारी दिन महिला आयोगको हटलाइन ११४५ मा रिपोर्ट गर्ने जस्ता सूचनामूलक ब्यानर र स्टिकरसहित कार्यक्रम हुँदैछ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना दिएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि दिवशका अवसरमा शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले महिला विरुद्ध हुने सबै प्रकारका हिंसा विरुद्ध शून्य सहनशिलता लिएको उल्लेख गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस