जग्गा रजिष्ट्रेसन गराउने महिलाको संख्या घट्यो

गुल्मी । जिल्ला मालपोत कार्यलय गुल्मीमा महिलाको नामबाट जग्गा रजिष्ट्रेसन गराउँदा सरकारले छुट दिए पनि महिलाको नाममा जग्गा रजिष्ट्रेसन गराउने महिलाहरूको संख्या घट्दै गएको छ।

आर्थिक वर्ष ०७३/७४ देखि हालसम्मकै तथ्यांक हेर्दा पनि लगातार रूपमा महिलाको नाममा जग्गा रजिष्ट्रेसन गराउनेको सङ्ख्या घटेको पाइएको हो। आर्थिक वर्ष २०७५/७६  मा कुल १०८ महिलाले आफ्नो नाममा जग्गा रजिष्ट्रेशन गराए। जसमध्ये ग्रामिण क्षेत्रका महिला ७२ र शहरी क्षेत्रका महिला ३६ जना महिलाले आफ्नै नाममा जग्गा रजिष्टेशन गराएको जिल्ला मालपोत कार्यालयको तथ्यांकमा उल्लेख छ।

यहि आर्थिक वर्षको साउन महिनामा मात्रै ४४ महिलाले आफ्नो नाममा जग्गा रजिष्ट्रेशन गराएका छन्। जुन कुल रजिष्ट्रेशन गराउने सङ्ख्याको २४.१७ प्रतिशत हो। साउनमा जम्मा १८२ जनाले जग्गा रजिष्ट्रेशन गराएका थिए। भदौ महिनामा यो सङ्ख्या घटेर ३६ मा झरेको छ। भदौमा जम्मा ३४५ जनाले जग्गा रजिष्ट्रेशन गराएका थिए। तर महिलाको नाममा भने १०.४३ प्रतिशत मात्र जग्गा रजिष्ट्रेशन भएको छ।

त्यस्तै असोजमा महिलाको नाममा रजिष्ट्रेसन गराउने संख्या घटेर ५.३५ प्रतिशतमा झरेको छ। असोजमा कुल ५२३ जनाको जग्गा रजिष्ट्रेशन गरिएको छ। जसमध्ये जम्मा २८ जना महिलाले मात्र आफ्नो नाममा जग्गा रजिष्ट्रेशन गरेको जिल्ला मालपोत कार्यालयका प्रमुख खुप बहादुर खत्रीले जानकारी दिए।  त्यस्तै आर्थिक वर्ष २०७३÷७४ मा कुल एक हजार ११० महिलाको नाममा जग्गा रजिष्ट्रेशन भएको छ।

तर आर्थिक वर्ष ०७४/७५ आइपुग्दा यो सङ्ख्या घटेर ९२७ मा सिमित भएको छ। अर्थात ३३.६४ प्रतिशत महिलाले आफ्नो नाममा जग्गा रजिष्ट्रेशन गराएका छन्। त्यस आर्थिक वर्षमा कुल दुई हजार ७५५ जनाले जग्गा रजिष्ट्रेशन गरेको तथ्याङ्क छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस