जव गम्भीर घाइते बालकले रुँदै आमा खोजे…

काठमाडाै‌ । राष्ट्रिय ट्रमा सेन्टरको बेड नम्बर ५१८ । दिपालय सिलगडी नगरपालिका–४ डोटीका १० वर्षीय घाइते बालक नवीन विक आमा, आमा भन्दै रोइरहेका छन्। गत बिहीबार डडेलधुरामा भएको बस दुर्घटनामा परेर उनकी आमा सरस्वती विकको घटनास्थलमै मृत्यु भयो । संयोगले उनका छोरा नवीन बाच्न सफल भए।

नवीनलाई दुर्घटनामा परी आमा कहिल्यै नफर्कने गरी गएको थाहा छैन । उनलाई आफू बिरामी पर्दा आमा अस्पताल नआएकोमा मात्र चिन्ता छ। त्यसैले, बेडमा रुँदै खोजिरहेका छन् आमा। यो खबर आजको राजधानी दैनिकले छापेको छ। डडेलधुरामा मेला हेरेर फर्किएको स्कुल बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भयो । २८ भन्दा बढी घाइते भए । उनी पनि त्यसैमध्येका एक घाइते हुन् । आर्थिक अवस्था कमजोर भएकाले उनको उपचारमा समस्या छ । आर्थिक अवस्था खराब मात्रै होइन उनको हेरबिचार गरिदने पनि कोही छैन।

चिकित्सकले नवीनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताएका छन् । उनको हात भाँचिएको छ भने टाउकोमा गम्भीर चोट लागेको छ । तर उनीसँग न त उपचारमा साथ दिने परिवार छ न सम्पत्ति नै। आमाको दुर्घटनामा परी मृत्यु भयो । दिदी दिपा विक घाइते अवस्थामा छिन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बुबा नौ वर्षअघिदेखि नै घरपरिवारको सम्पर्कमा छैनन् । १४ वर्षीय दाइ मुकेश विक बालमजदुर हुन् ।

नवीनलाई हेरविचार गर्ने कोही नभएर हजुरआमा हिरा विकले रेखदेख गर्छिन् । तर, उनी आफूसँग पनि पैसा नभएको दुखेको पोख्छिन् । उपचार कसरी गराउने समस्या भएको बताउँदै उनले सहयोग जुटाइदिन आग्रह गरिन्। हिराले आमा बितेको खबर नवीनलाई गरेकी छैनन् । गाउँमै रहेकी नन्दलाई फोनमा कुरा गर्दै उनले आमालाई पठाइदिन झुटो आश्वासन मात्रै दिइरहेकी छन् । ‘बन्द भएकाले गाडी चलेको छैन, गाडी चलेपछि आमा गाडी चढेर आउनुहुन्छ अहिले नरोऊ’ भन्दै हिराले नवीनलाई सम्झाउँदैमा दिन बितेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस