झापामा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु

काठमाडाैं ।  झापामा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । आगलागीमा परी झापा शिवगञ्ज नगरपालिका-७ का ३४ वर्षीय लक्ष्मण खनाल, श्रीमती २८ वर्षीया राधिका खनाल, ४ वर्षीय छोरा चन्द्र खनाल र पाँच महिनाका छोरा टिकाराम खनालको मृत्यु भएको हो ।

उनीहरु घरभित्र सुतिरहेको बेला गएराति पौने ११ बजेतिर आगो लागेको थियो । आगलागीको जानकारी पाएलगत्तै दमकलसहित प्रहरीको टोली पुगेर आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट जस्ताले छाएको दुई तले घर पनि क्षतिग्रस्त भएको छ ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको र अन्य क्षतिको एकिन विवरण संकलनको काम पनि भइरहेको डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस