News desk

राष्‍ट्रपति, उपराष्‍ट्रपति, प्रधानमन्‍त्रीद्वारा भाइटीका

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाँचौँ एवम् अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ-आफ्नो परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिएर मनाइएको छ । यस्तै राष्‍ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार बिहान ११ बजेर ५५ मिनटको शुभसाइतमा भाइ डेगेन्द्र पाण्डेलाई सप्तरंगी टीका लगाइदिइन् । राष्‍ट्रपति भवन शीतलनिवासमा भएको भाइटीका कार्यक्रममा राष्‍ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो, मखमलीयुक्त माला लगार्इ कटुस, ओखर र मिठाइ …

पुरा पढ्नुहॊस »

पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनीसँग लगाए भाइटीका

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका लगाएका छन् । टीकाको शुभ साइत ११ बजेर ५५ मिनेटमा भएपनि ९ बजेर ५१ मिनेटमा पूर्वराजा ज्ञानेन्द्रले बहिनी शाहीको हातबाट भाइटीका लगाएका हुन्। पूर्वराजाले आफ्ना ज्योतिषले दिएको साइतको समय अनुसार टीका लगाउने गरेका छन् । पूर्व राजा शाह भाइटीका लगाउन बहिनी शोभाको कमलादीस्थित निवास शोभा गृहमा पुगेका थिए। टीका ग्रहणपछि पूर्वराजा ज्ञानेन्द्र शाहले सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै मुलुकमा शान्ति …

पुरा पढ्नुहॊस »

बीसिए कपको उपाधी दुर्गाथलीले जित्यो, भवानी स्पोर्ट्स दोस्रो

पार्वती ऐडी बझाङ । यस वर्षकाे ‘धौली देवी स्मृति बीसिए कप २०७५’काे उपाधी दुर्गाथली गाउँपालिका वडा न.७ ले जितेकाे छ । बझाङकाे बुङ्गलमा भएकाे प्रतिस्पर्धामा भवानी स्पाेर्टस् क्लव १७ अाेभरमै समेटिएपछि दुर्गाथलीले ५१ रनले हराउँदै उपाधी उचाल्ने माैका पाएकाे हाे । हिले ब्याटिङ् गरेकाे दुर्गाथलीले २० अाेभरमा सबै विकेट गुमाउँदै ११८ रनकाे लक्ष्य भवानी सामु पेश गर्‍याे । जवाफी ब्याटिङ्मा उत्रिएकाे भवानीले १७ अाेभरमै सबै विकेट गुमाउँदै जम्मा ६८ रनमात्र …

पुरा पढ्नुहॊस »

बेलौरीलाई स्मार्ट सिटी बनाउन काम अगाडि बढाइँदै

कञ्चनपुर । कञ्चनपुरको बेलौरीलाई स्मार्ट सिटी बनाइने भएको छ । बेलौरी नगरपालिकाले सो कार्यका लागि दश वर्षे गुरुयोजना बनाएको सो कार्यका लागि सडक, कृषि उद्यम, स्वास्थ्य, खानेपानी, बसपार्क, फोहरमैला व्यवस्थापन केन्द्र, पर्यटकीयस्थल, मनोरञ्जनस्थल, खेलकूद रङ्गशाला, व्यायामशाला र बजार विस्तार गर्न पर्ने भएकाले सम्भावित स्थान पहिचान गरिने भएको छ । नगरपालिकाका १० वटै वडामा सम्भाव्यता अध्ययन कार्य अगाडि बढाइएको छ । नगर प्रमुख पोतिलाल चौधरीले भन्नुभयो, “दश वर्षे आवधिक गरुयोजना बनाउनका …

पुरा पढ्नुहॊस »

क्यालिफोर्नियामा रात्री क्लबमा गोली प्रहार, १२ जनाको मृत्यु

काठमाडाैं । संयुक्त राज्य अमेरिकाका लस एन्जल्सस्थित एउटा रात्री क्लबमा गोली प्रहार हुँदा एक प्रहरी अधिकारीसहित कम्तिमा १२ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा झण्डै एक दर्जन व्यक्ति घाइते भएका छन् । स्थानीय समयअनुसार बुधबार राति ११ः२० बजे क्यालिफोर्नियाको थाउजण्ड ओक्सस्थित ‘बोर्डरल्याण्ड बार एण्ड ग्रील’ नामको मदिरालयमा गोली चल्न सुरु भएको थियो । राति भएको घटनामा सबैजना मदिरालयमा मारिएका भेटिएको प्रहरीले जनाएको छ । अमेरिकामा दुई हप्ताभित्रै सामूहिक …

पुरा पढ्नुहॊस »

बझाङमा २ लाख ४० हजार नगदसहित ११ जुवाडे पक्राउ

पार्वती ऐडी बझाङ । जिल्ला प्रहरी कार्यलय बझाङले जुवा तास खेलिरहेको अवस्थामा २ लाख ४० हजार नगदसहित ११ जनालाई रंगेहात पक्राउ गरेको छ । सदरमुकाम चैनपुरस्थित चौगाँउ टोलबाट गएराती जुवा खेल्दै गरेको अवस्थामा घरधनीसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको हो । जुवाडेको साथबाट २ लाख ४० हजार ८ सय ७७ रुपैयाँ नगद बरामत गरिएको जिल्ला प्रहरी कार्यलय बझाङले जानकारी दिएको छ । प्रहरीले सुर्मा गाउँपालिका १/२ का जयबहादुर बोहोरा, लाखीचन्द …

पुरा पढ्नुहॊस »

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा सुख, शान्ति र समृद्धिको कामना

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेह र ममतालाई अझ प्रगाढ बनाउन मद्दत गर्ने बताउनुभएको छ । तिहार–२०७५ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालीबीच आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बनाओस् र समाजमा शान्ति एवं स्थायित्वका साथ देशमा आर्थिक समृद्धिको …

पुरा पढ्नुहॊस »

दुई बहिनीसँग बालुवाटारमा भाइटीका लगाउँदै प्रधानमन्त्री

काठमाडाैं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन शुक्रबार भाइटीका । यो दिन दिदीबिहनीहरूले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाइदिएर दीर्घायुको कामना गर्छन् । विभिन्न नेताहरूले पनि यो दिन दिदीबहिनीबाट भाइटीका लगाउँदैछन् । यो पटकको भाइटीका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा लगाउने भएका छन् । उनले आफ्ना दुर्इ बहिनीहरूसँग भाइटीका लगाउने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले जेठी बहिनी विष्णुमाया ढकाल र माहिली बहिनी कमलादेवी कोइारालबाट भाइटीका लाउने भएका हुन् । …

पुरा पढ्नुहॊस »

ओलम्पिक छनोट : नेपाल भारतसँग बराबरीमा रोकियो

काठमाडौं । ओलम्पिकको एशियाली महिला फुटबल छनोटको प्रारम्भिक चरणअन्तर्गत बिहीबार भएको नेपाल र भारतबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको छ । म्यानमाको याङगोनस्थित थुवुन्ना रङ्गशालामा भएको समूह ‘सी’ अन्तर्गतको पहिलो खेलमा दुवै टोलीले बराबरी खेल्दै अङ्क बाँडेका छन् । खेलमा पहिलो अग्रता भने नेपालले लिएको थियो । खेलको ११औँ मिनेटमा नेपाली टोलीकी कप्तान नीरु थापाले गोल गर्दै सुरुवाती अग्रता लिएकी थिइन् । त्यस्तै खेलको पहिलो हाफको ३७औँ मिनेटमा भारतले एक …

पुरा पढ्नुहॊस »

बुटवलमा ‘लालटीनको उज्यालो’ को परिचर्चा

बुटवल । बुटवलमा सरस्वती ज्ञवालीको आत्मकथा ‘लालटीनको उज्यालो’ को परिचर्चा तथा समालोचना गरिएको छ । बुटवल साहित्यकला तथा संस्कृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा साहित्यकारहरूले लालटीनको उज्यालोले नेताकी श्रीमती हुँदैमा महिलाहरू सुखी र खुशी हुन्छन् भन्ने भ्रम पाल्न नहुने पुष्टि गरेको बताए । एउटा नेताकी आदर्श श्रीमतीले भोगेको जीवनकहानी लेखिएको यो आत्मकथाले नयाँ पुस्तालाई नेपाली समाजको संस्कार र सभ्यताको विकासक्रम सिकाएको बताए । कार्यक्रममा साहित्यकार तथा समालोचक ऋषिराम भुसालले समाज परिवर्तनका …

पुरा पढ्नुहॊस »