रोकिराखेको टिपरमा बाइक ठोक्किँदा ओभरसियरको मृत्यु

विराटनगर । मोरङको ग्रामथानस्थित सडकमा रोकेर राखेको टिपरमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा सब इन्जिनियरको मृत्यु भएको छ ।

सुन्दरहरैँचाको हरैँचाबाट विराटनगरतर्फ आउँदै गरेको को १ ब १३८४ नम्बरको सरकारी मोटरसाइकल ग्रामथान गाउँपालिका-५ तेतरिया चोकमा आइतबार राति बजेतिर दुर्घटनामा परेको हो ।

ना ५ ख ७०७९ नम्बरको टिपरको पछाडिको भागमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा चालक ३५ वर्षीय मोहम्मद मुक्तार खानको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । खान ग्रामथान गाउँपालिकाका सब इन्जिनियर (ओभरसियर) हुन् ।

सप्तरी घर भएका उनी विराटनगर महानगरपालिका-१ मा डेरा बस्दै आएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सर्वोच्चले भन्यो- फणिन्द्र देवकोटा नेसपाकै सांसद हुन्, माओवादीले कारबाही गर्न मिल्दैन

काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सदस्य फणिन्द्र देवकोटालाई पदबाट निष्काश गर्ने निर्णय कार्यान्वयन नगर्न …

प्रतिकृया दिनुहॊस