बझाङमा २ लाख ४० हजार नगदसहित ११ जुवाडे पक्राउ

पार्वती ऐडी
बझाङ । जिल्ला प्रहरी कार्यलय बझाङले जुवा तास खेलिरहेको अवस्थामा २ लाख ४० हजार नगदसहित ११ जनालाई रंगेहात पक्राउ गरेको छ । सदरमुकाम चैनपुरस्थित चौगाँउ टोलबाट गएराती जुवा खेल्दै गरेको अवस्थामा घरधनीसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जुवाडेको साथबाट २ लाख ४० हजार ८ सय ७७ रुपैयाँ नगद बरामत गरिएको जिल्ला प्रहरी कार्यलय बझाङले जानकारी दिएको छ । प्रहरीले सुर्मा गाउँपालिका १/२ का जयबहादुर बोहोरा, लाखीचन्द बोहोरा, गणेश बोहोरा, दर्पण बोहोरा, सर्जन बोहरा, दानबहादुर बोहरा, शेरबहादुर बोहरा, वकिल बोहोरा, बम्मबहादुर बोहोरा, देवबहादुर बोहोरा र बिर्वल बोहोरालाई नियन्त्रण लिएको हो ।

प्रहरीले विशेष सूचनाको आधारमा चौगाँउ टोलका दानबहादुर बोहोराको घर बाट जुवा खेल्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस