News desk

तिहारलाई ६३ करोडको सामग्री आयात, कुन देशबाट कति आयो ?

काठमाडौं । तिहारलाई लक्ष्य गरी पछिल्लो १८ दिनमा ६३ करोड रुपैयाँ बराबरको सामग्री भित्रिएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ । भन्सार विभागको तथ्यांकअनुसार भाईटीकाको दिनलाई चाहिने बदाम, नरिवल, ओखर, स्याउ, किसमिस काजु, सुन्तला, केला लगायतका फलफूल भित्रिएको हो । यी सामग्री भारत, चीन, पाकिस्तान, थाइल्याण्ड, इन्डोनेसिया, अमेरिका क्यानडालगायतका देशबाट आयात गरिएको हो । तथ्यांकअनुसार भारतबाट ३५ करोड ८७ लाख, अमेरिकाबाट १२ करोड ३९ लाख, तिब्बतबाट ९ करोड ७५ लाख, पाकिस्तानबाट …

पुरा पढ्नुहॊस »

अमेरिकामा नेपाली मूलका ह्यारीले रचे इतिहास

काठमाडाैं । नेपाली मूलका ह्यारी (एचबी) भण्डारी मेरील्याण्ड राज्यको तल्लो सदन हाउस अफ डेलिगेट मा निर्वाचित भएका छन् । मंगलबारको निर्वाचनमा भण्डारी मेरिल्याण्ड राज्यको डिस्ट्रिक्ट ८ बाट निर्वाचित भएका हुन् । अमेरिकी मुलधारको रानीतिमा प्रत्यक्ष निर्वाचनबाट चुनिने भण्डारी नेपाली मूलका पहिलो अमेरिकी हुन् । गत जुनमा भण्डारीले मेरिल्याण्ड हाउस अफ डेलिगेट्स डिस्ट्रिक्ट ८ को प्रारम्भिक चुनावमा जित हासिल गरेका थिए । मंगलबारको अन्तिम चुनावमा पनि उनी नै चुनिएका हुन्  । नेपालको …

पुरा पढ्नुहॊस »

कामदारको डिमान्ड हात पार्न वार्षिक ३ अर्ब कमिसन

काठमााडौं । मलेसिया जाने कामदारको भिसा हात पार्न वैदेशिक रोजगार व्यवसायीले विदेशी मुलुकस्थित दलालहरूलाई वार्षिक कम्तीमा ३ अर्ब रुपैयाँ कमिसन बुझाउने गरेका छन् । मलेसिया र नेपालबीच भएको श्रम समझदारी कार्यान्वयनमा आएमा नेपालबाट यति ठूलो रकम विदेश पलायन हुनबाट जोगिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विश्वास छ । व्यवसायीका अनुसार एउटा कामदारको भिसाका लागि कम्तीमा एक हजार रिंगेट (करिब २८ हजार रुपैयाँ) कमिसन दिनुपर्छ । ‘मलेसियामा सरदर वार्षिक ८० …

पुरा पढ्नुहॊस »

तीन तहका सरकारबीच समन्वयका संयन्त्रहरू निष्क्रिय

काठमाडाैं । तीन तहका सरकारबीच समन्वय, विवाद समाधान तथा राजस्व बाँडफाँटका विषयमा संविधानले व्यवस्था गरेका संयन्त्र गठन र त्यसको परिचालनमा सरकार उदासीन देखिएको छ । संघीय संरचनाको प्रभावकारिताका लागि आवश्यक पर्ने संयन्त्रहरू संघ, प्रदेश र स्थानीय सरकार गठन भएको महिनौं भइसक्दा पनि निष्क्रिय छन्। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ। विवाद समाधानका लागि संविधानमा परिकल्पना गरिएको प्रधानमन्त्रीको अध्यक्षतामा रहने अन्तरप्रदेश परिषद् बैठक एकपटक पनि बोलाइएको छैन। भदौ २४ मा पहिलोपटक बोलाइएको बैठक स्थगित …

पुरा पढ्नुहॊस »

नेपाल संवत्अनुसार ११३९ लाग्यो, नेवार समुदायमा अाज म्हःपूजा

काठमाडौं । नेपाल संवतअनुसार नयाँ वर्ष ११३९। बिहीबार काठमाडौं देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यो संवत हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेको छ । नेपाल संवत् नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा विशेष रूपमा मनाइन्छ । राष्ट्रिय विभूति शङ्खधर साख्वाले वि.सं ९३७ अर्थात् सन् ८८० मा गरिबहरूको ऋणमोचन गरी नेपाल संवत् सुरु गरेको बताइन्छ । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको …

पुरा पढ्नुहॊस »

तिहारमा थामिँदैन योगमाया र सुशीलाको आँसु

काठमाडाैं । आँगनछेउ फुलेका सयपत्री र मखमलीले तिहारको माहोल बेग्लै बनाएको छ। रंग र प्रकाशको मिश्रणले रात पनि धपक्कै बलेको छ । तर योगमाया गाहालाई तिहारको कुनै रौनकले छुँदैन। बरु उनको हृदय नमीठो गरी दुख्छ, आँसु रसाउँछ । २०५८ देखि उनले दाजु केवल गाहासँग तिहार मनाउन पाएकी छैनन् । संकटकालको बेला थियो, उनका दाजु माओवादीमा लागेर पाल्पाको जनसरकार प्रमुख भएका थिए। पार्टीमै ‘जनवादी बिहा’ गरेको दुई महिनापछि त्यसै वर्ष पुस …

पुरा पढ्नुहॊस »

युएफा च्याम्पियन्स लिग : युनाइटेड र सिटीको जित

काठमाडौं । युएफा च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लबहरु म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाईटेड विजयी भएका छन् । गएराति भएको समूह ‘एच’को खेलमा म्यान्चेस्टर युनाईटेडले ईटालीको युभेन्टस्लाई २–१ ले हरायो । खेलमा युभेन्टसका क्रिस्चियानो रोनाल्डोले पहिलो गोल गरे पनि म्यान्चेस्टर युनाईटेडले अन्तिम ४ मिनेटमा दुई गोल गर्दै खेल आफ्नो पक्षमा पार्‍यो । म्यान्चेस्टर युनाईटेडका लागि हुँवा माटाले पहिलो गोल गरे भने युभेन्टसका लियोनार्दो बोनुचीले एक आत्माघाती गोल गरे । यही समूहको अर्को …

पुरा पढ्नुहॊस »

निर्वाचन परिणामपछि ट्रम्पले भने- डेमोक्र्याटहरुसँग मिलेर काम गर्न तयार छु

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले डेमोक्र्याटहरुसँग मिलेर काम गर्न आफू तयार रहेको बताएका छन् । अमेरिकी मध्यावधि निर्वाचनमा संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा आफ्नो दल रिपब्लिकन पार्टीको बहुमत गुमेपछि राष्ट्रपति ट्रम्पले डेमोक्र्याट्सहरुसँग मिलेर काम गर्ने बताएका हुन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफूमाथि दबाब बढेको बताए । मंगलबार भएको मध्यावधि निर्वाचनमा सत्तारुढ रिपब्लिकन पार्टीले संसद्को तल्लो सदनमा नियन्त्रण गुमाएको थियो । डेमोक्रेटिक पार्टीले बहुमत हासिल …

पुरा पढ्नुहॊस »

अाज गोवर्धनपूजा, गाई र गोरुको पनि पूजा गरिँदै

काठमाडाैं । कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको चौथो दिन, गोवर्धनपूजा। यो दिन बिहानै गोवर्धन पर्वतको प्रतिमा बनाएर पूजा गर्ने परम्परा छ। द्वापरयुगमा भगवान् कृष्णले गोवर्धन पर्वत उठाएर गोकुलवासीको संरक्षण गरेको सम्झनास्वरूप यो पर्व मनाइन्छ। भगवान् कृष्णले कृषि जनजीवनका लागि गोवर्धन पर्वतको ठूलो महत्त्व रहेको बताएपछि गोवर्धन पर्वतको पूजा गर्ने परम्परा चलेको पुराणहरूमा उल्लेख छ। गोवर्धन पर्वतको पूजाबाट प्रकृतिको संरक्षण गर्नुपर्ने र यसलाई विकृत पार्न नहुने सन्देश पाइन्छ। गोवर्धनपूजाका अवसरमा देवालय तथा …

पुरा पढ्नुहॊस »

वरिष्ठ अधिवक्ता तथा संवैधानिकज्ञाता कुशुम श्रेष्ठको निधन

काठमाडौँ  । वरिष्ठ अधिवक्ता तथा संवैधानिकज्ञाता कुशुम श्रेष्ठको बुधबार निधन भएको छ । उनी ७५ वर्षका थिए । लामो समयदेखि स्वासप्रस्वास सम्बन्धी रोगले थलिएका श्रेष्ठको बुधबार बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । पारिवारिक स्रोतका अनुसार बुधबार नै उनको अन्तिम संस्कार गरिनेछ । नेपालको आधुनिक न्यायप्रणालीलाई स्थापित गर्न श्रेष्ठ लगायत विदेशबाट पढेर आएका कानुनविदहरुको ठूलो भूमिका रहेको छ । संविधान जीवित र निरन्तर परिमार्जन भइरहनु पर्ने दस्तावेज रहेको …

पुरा पढ्नुहॊस »