नेपाल वेयरहाउजिङ कम्पनीको कारोबार सञ्चालनमा

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीले दुई अलग- अलग स्थानमा वेयरहाउजिङ्ग सञ्चालनमा ल्याएको छ । कम्पनीले पर्सा जिल्लाको पर्सागढि- १ विरुवागुठी र सुनसरी जिल्लाको गढि गाउँपालिका- २ औरावनीमा वेयरहाउजिङ्ग सञ्चालनमा ल्याएको हो।

उक्त वेयरहाउजिङ्गको सुरक्षित तथा वैज्ञानिक साइलो भण्डारमा कृषक र अन्न संकलक र खाद्य व्यवसायीले ठूलो उत्साह देखाएको कम्पनीले बताएको छ ।

कम्पनीको पर्सा र सुनसरीस्थित ईकाइहरूमा अन्न भण्डारणको कार्य सुचारू भइ तराईका भेगहरूवाट मकै वाली कृषकहरूले हार्भेष्ट गरेर बजार पठाउन थालेपछि मकैका संकलक, दाना कम्पनीले लामो समयसम्म सुरक्षित तथा वैज्ञानिक भण्डारणको लागि नेपाल वेयरहाउसको साईलोमा मौज्दात गर्न थालेका छन् ।

यसबाट उपयुक्त समयमा बिक्री गरि किसान तथा व्यापारीहरुले आफ्नो कृषि उपजको अधिकतम मूल्य प्राप्त गर्न सफल हुने पनि कम्पनीले बताएको छ ।

कम्पनीका महाप्रबन्धक समिर राज सत्यालका अनुसार मकै, गँहु, र भटमास पूर्ण रूपले स्वचालीत मेशिनद्वारा सफाई तथा केलाई गरी साईलोमा सुरक्षित तवरले भण्डारण गरिन्छ साथै यसरी साईलोमा राखिएको अनाजको तापक्रम, आद्रदता, कम्प्युटरको माध्यमवाट सुक्ष्म रूपले वैज्ञानिक व्यवस्थापन गरिन्छ।

यसरी भण्डारण गरिएको अनाजको बीमाको व्यवस्था पनि गरिएको कम्पनीले गरेको छ । अबको दुई महिना मकै र गँहुको कटानी भई बजारमा आउने भएकोले दिनको २५/३० गाडी दिनहुँ आइरहेको उनी बताउँछन् ।

कम्पनीका अनुसार यसकालागि कम्पनीले अहिले २४ सै घण्टा इकाई सञ्चालनको व्यवस्था मिलाइएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

३०० सीमान्तकृत युवाहरूको डिजिटल सशक्तिकरण र रोजगारी दिइने (भिडियोसहित)

काठमाडौं । क्लाउडफ्याक्ट्री नेपालद्वारा स्किल ल्याब एशियासँगको साझेदारीमा ‘क्लाउडफ्याक्ट्री नेपाल डिजिटल सशक्तिकरण अभियान’ सुरुवातको घोषणा …

प्रतिकृया दिनुहॊस