दुई बहिनीसँग बालुवाटारमा भाइटीका लगाउँदै प्रधानमन्त्री

काठमाडाैं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन शुक्रबार भाइटीका । यो दिन दिदीबिहनीहरूले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाइदिएर दीर्घायुको कामना गर्छन् ।

विभिन्न नेताहरूले पनि यो दिन दिदीबहिनीबाट भाइटीका लगाउँदैछन् । यो पटकको भाइटीका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा लगाउने भएका छन् । उनले आफ्ना दुर्इ बहिनीहरूसँग भाइटीका लगाउने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले जेठी बहिनी विष्णुमाया ढकाल र माहिली बहिनी कमलादेवी कोइारालबाट भाइटीका लाउने भएका हुन् ।

चिकित्सकहरूले आराम गर्नू भनेकाले स्वास्थ्यलार्इ ख्याल गर्दै प्रधानमन्त्रीको भाइटीका बालुवाटारमै तय गरिएका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । प्रधानमन्त्रीले चितवनमा बस्दै बस्दै आएकी जेठी बहिनी विष्णुमाया ढकाल र काँकडभिट्टामा बस्दै आएकी माइली बहिनी कमलादेवी कोइरालाबाट भाइटीका लाउने भएका हुन् ।

उनीहरू दुवैजनालार्इ बिहीबारै राजधानीमा बोलाइसकिएको छ। भाइटीकाको निर्धारित उत्तम साइतमै प्रधानमन्त्री ओलीले  बालुवाटारमा भाइटीका लगाउने जानकारी प्रधानमन्त्रीका प्रेस संयोजक अधिकारीले दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने

काठमाडौँ । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । …

प्रतिकृया दिनुहॊस