काठमाडौँ । पूर्वमन्त्री एवं पूर्वराजदुत डा. भेषबहादुर थापाको ‘राष्ट्र परराष्ट्र, एकतन्त्रदेखि गणतन्त्रसम्म’ पुस्तक लोकार्पण भएको छ । मंगलवार काठमाडौँमा एक कार्यक्रमबीच पुस्तक लोकार्पण गरिएको हो । पुस्तक लोकार्पण समारोहमा बोल्दै लेखक थापाले परिवार र सद्भाव राख्ने मित्रहरूको निरन्तर प्रेरणा र आग्रहमा पुस्तक लेख्न सफल भएको बताए । उनले पुस्तकमा कलिलो उमेरदेखि नेपाल सरकारमार्फत राष्ट्रिय योजना, आर्थिक राजनीतिक, कूटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रहरूमा काम गर्दाको अनुभव रहेको बताए । उनले पुस्तकमा व्यक्तिगत …
पुरा पढ्नुहॊस »पाँचौँ डिशहोम बाह्रखरी कथा लेखन प्रतियोगिताका लागि कथा आह्वान
काठमाडाैं । पाँचौँ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’ लागि कथा आह्वान गरिएको छ । बाह्रखरी मिडियाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको नयाँ संस्करणको घोषणासँगै कथा आह्वान गरिएको हो । नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको यस प्रतियोगितामा आउँदो असोज ३० गतेसम्म [email protected] मा इमेल गरेर कथा पठाउन सकिनेछ । संसारभरिबाट नेपाली भाषामा कथा पठाउन सकिनेछ । बाह्रखरीलाई प्राप्त हुने सबै कथाहरूलाई पहिलो चरणमा बाह्रखरीका विचार …
पुरा पढ्नुहॊस »‘हेमबहादुर मल्ल सम्मान’ प्रधान र आचार्यलाई
काठमाडौं । हेमबहादुर मल्ल सम्मान २०७७ र २०७८ गोरक्षबहादुर न्हुच्छे प्रधान र भानुप्रसाद आचार्यलाई प्रदान गरिएको छ। सार्वजनिक प्रशासन तथा व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत नेपाल जनप्रशासन सङ्घले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रधानलाई २०७७ र आचार्यलाई २०७८ सालको सम्मान प्रदान गरेका हुन् । सम्मानको राशि जनही दुई लाख रुपैयाँ रहेको छ । प्रधानले करिब चार दशक सरकारी सेवामा बिताएका थिए । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना …
पुरा पढ्नुहॊस »डा. रमेश बलायरको मनको बिम्बबाट नामक कविता संग्रह सार्वजनिक
काठमाडाैं । डा. रमेश बलायरको मनको विम्बबाट नामक कृतिको बुधबार लोकापर्ण गरिएको छ । आख्यानकार एवं लेखक बुद्धिसागर तथा पूर्व गृहसचिव गोविन्द कुसुमको प्रमुख आतिथ्यतामा पुस्तकको लोकापर्ण गरिएको हो । पुस्तकमा ३७ वटा कविता समावेश गरिएको छ । पुस्तकलाई साझा प्रकाशनले प्रकाशन गरेको छ भने वोदि बुक्स एण्ड वेक्स नक्सालले एक भव्य समारोहकाबीच कृतिलाई पाठकमाझ सार्वजनिक गरेको छ । १८८ पृष्ठको यस कविता संग्रहमा लेखक डा. बलायरले आफ्ना जीवनका अनुभूतिलाई …
पुरा पढ्नुहॊस »डा. केसीको ‘शून्यको मूल्य’ ले जित्यो उत्तम-शान्ति पुरस्कार
काठमाडौं । २०७९ सालको उत्तम-शान्ति पुरस्कार डा. नवराज केसीको कृति ‘शून्यको मूल्य’ लाई प्रदान गरिने भएको छ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीको कृति ‘शून्यको मूल्य’ लाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । पुस्तकमार्फत ’अँध्यारो समाजलाई उज्यालोतर्फ उन्मुख गराउने सन्देशसहित कर्णालीका आमाहरूको दुःख पीडा, साहस र संघर्षलाई अत्यन्त मार्मिक, यथार्थपरक र आख्यानात्मक शैलीमा प्रस्तुत गरेबापत’ डा. केसीलाई पुरस्कार दिने निर्णय गरेको गुठीले …
पुरा पढ्नुहॊस »वसन्त चौधरीको पहिलो बाल कविता संग्रह सार्वजनिक, नातिनीको नाममा ५६ कविता
काठमाडौँ । ‘प्रेमिल कवि’ को छवि बनाएका चर्चित कवि तथा गीतकार वसन्त चौधरीले आफ्नी नातिनी आहाना शाक्य (चौधरी)को जन्मदिनको दिन पारेर बाल कविता संग्रह ‘आहाना’ सार्वजनिक गरेका छन् । आइतवार ललितपुरको खुमलटारस्थित प्रिमियमर इन्टरनेशनल स्कूलको सभाहलमा आयोजित एक समारोहका बीच कवि चौधरीको बाल कविता संग्रह ‘आहाना’ विमोचन गरिएको हो । कवि चौधरीले आफ्नो साहित्यिक जीवनकै पहिलो बाल कविता संग्रह प्रकाशन गरेका हुन् । यसअघि उनका २० वटाभन्दा बढी कविता तथा …
पुरा पढ्नुहॊस »महेश खरेलको उपन्यास ‘यात्रा जिन्दगीको’ लोकार्पण
काठमाडौँ । साहित्यकार महेशराज खरेलको उपन्यास ‘यात्रा जिन्दगीको’ सार्वजनिक गरिएको छ । मंगलबार नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ कक्षमा आयोजित एक समारोहकाबीच प्रतिनिधिसभाका सभामुख देवराज अधिकारीले उपन्यास ‘यात्रा जिन्दगीको’ सार्वजनिक गरेका हुन् । लोकार्पण तथा परिचर्चा कार्यक्रममा पूर्व मन्त्री एवम् सामाजिक रूपान्तरण अभियानकी अभियन्ता तथा साहित्यकार शान्ता मानवी, उपन्यासकारकी आमा अयुद्धा खरेल विशिष्ट अतिथि थिए । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा. यादवप्रकाश लामिछाने, प्राडा. गोविन्दराज भट्टराई विशेष अतिथि रहेको उक्त समारोहमा युद्धप्रसाद …
पुरा पढ्नुहॊस »खरेलको ‘यात्रा जिन्दगीको’ प्रकाशित
काठमाडौं । कविता र संस्मरणमा कलम चलाउँदै आएका स्रष्टा महेशराज खरेलको उपन्यास ‘यात्रा जिन्दगीको’ प्रकाशित भएको छ । यो उनको दोस्रो कृति हो । यसअघि कवितासङ्ग्रह ‘मनको किरण’ प्रकाशित गरिसकेका खरेलको यो आत्मकथात्मक उपन्यास हो । उपन्यास शब्द संयोजन मासिकले प्रकाशित गरेको हो । को हुन् खरेल ? नाम – महेशराज खरेल आमा/बुवा – अयुद्धा खरेल, स्व.मार्कण्डे खरेल जन्मस्थान – ताप्लेजुङ, सिनाम हाल काेटेश्वर काठमाण्डाै श्रीमती – सराेजा आचार्य खरेल …
पुरा पढ्नुहॊस »महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्ती मनाइँदै
नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसीअर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उहाँले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिनुभयो । यी कृतिका माध्यमबाट देवकोटाले …
पुरा पढ्नुहॊस »काे हुन् शताब्दी पुरुष जाेशी ?
शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली वाङ्मयका क्षेत्रमा महत्वपूर्ण र विशिष्ट योगदान पुर्याउनुभएको छ । उहाँका नेपाली, नेवारी र अङ्ग्रेजी भाषामा अनेक विषयका करिब छ दर्जन जति सिर्जनात्मक, अनुसन्धानात्मक कृति प्रकाशित छन् । बहुमुखी प्रतिभाका धनी जोशीको एक सय तीन वर्षको उमेरमा आज ललितपुर ग्वार्काेस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज निधन भएको हो । उहाँप्रति श्रद्धाञ्जलि दिन विभिन्न पार्टीका नेता, साहित्य तथा संस्कृतिकर्मी अस्पताल पुग्नुभएको छ । उहाँ काव्यकार, नाटककार, …
पुरा पढ्नुहॊस »