News desk

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा सुख, शान्ति र समृद्धिको कामना

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेह र ममतालाई अझ प्रगाढ बनाउन मद्दत गर्ने बताउनुभएको छ । तिहार–२०७५ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालीबीच आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बनाओस् र समाजमा शान्ति एवं स्थायित्वका साथ देशमा आर्थिक समृद्धिको …

पुरा पढ्नुहॊस »

दुई बहिनीसँग बालुवाटारमा भाइटीका लगाउँदै प्रधानमन्त्री

काठमाडाैं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन शुक्रबार भाइटीका । यो दिन दिदीबिहनीहरूले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाइदिएर दीर्घायुको कामना गर्छन् । विभिन्न नेताहरूले पनि यो दिन दिदीबहिनीबाट भाइटीका लगाउँदैछन् । यो पटकको भाइटीका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा लगाउने भएका छन् । उनले आफ्ना दुर्इ बहिनीहरूसँग भाइटीका लगाउने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले जेठी बहिनी विष्णुमाया ढकाल र माहिली बहिनी कमलादेवी कोइारालबाट भाइटीका लाउने भएका हुन् । …

पुरा पढ्नुहॊस »

ओलम्पिक छनोट : नेपाल भारतसँग बराबरीमा रोकियो

काठमाडौं । ओलम्पिकको एशियाली महिला फुटबल छनोटको प्रारम्भिक चरणअन्तर्गत बिहीबार भएको नेपाल र भारतबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको छ । म्यानमाको याङगोनस्थित थुवुन्ना रङ्गशालामा भएको समूह ‘सी’ अन्तर्गतको पहिलो खेलमा दुवै टोलीले बराबरी खेल्दै अङ्क बाँडेका छन् । खेलमा पहिलो अग्रता भने नेपालले लिएको थियो । खेलको ११औँ मिनेटमा नेपाली टोलीकी कप्तान नीरु थापाले गोल गर्दै सुरुवाती अग्रता लिएकी थिइन् । त्यस्तै खेलको पहिलो हाफको ३७औँ मिनेटमा भारतले एक …

पुरा पढ्नुहॊस »

बुटवलमा ‘लालटीनको उज्यालो’ को परिचर्चा

बुटवल । बुटवलमा सरस्वती ज्ञवालीको आत्मकथा ‘लालटीनको उज्यालो’ को परिचर्चा तथा समालोचना गरिएको छ । बुटवल साहित्यकला तथा संस्कृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा साहित्यकारहरूले लालटीनको उज्यालोले नेताकी श्रीमती हुँदैमा महिलाहरू सुखी र खुशी हुन्छन् भन्ने भ्रम पाल्न नहुने पुष्टि गरेको बताए । एउटा नेताकी आदर्श श्रीमतीले भोगेको जीवनकहानी लेखिएको यो आत्मकथाले नयाँ पुस्तालाई नेपाली समाजको संस्कार र सभ्यताको विकासक्रम सिकाएको बताए । कार्यक्रममा साहित्यकार तथा समालोचक ऋषिराम भुसालले समाज परिवर्तनका …

पुरा पढ्नुहॊस »

तिहारको अन्तिम दिन आज भाइटिका : यस्तो छ महिमा

काठमाडाैं । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ। दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए। “भाइटीकाको टीका आज दिनभर लगाउन कुनै …

पुरा पढ्नुहॊस »

लक्ष्मीपूजाकै दिन राधा चौधरीमाथि पुन: कुटपिट

काठमाडाैं । कैलालीको घोडाघोडी नगरपालिकामा बोक्सीको आरोपमा राधा चौधरीलाई फेरि कुटपिट गरिएको छ । चौधरीमाथि स्थानीय कालीचरण चौधरीले बुधबार कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक हरि वलीले जानकारी दिए । कुटपिटमा संग्लन कालीचरणलाई इलाका प्रहरी कार्यालय सुख्खडले पक्राउ गरिसकेको छ । यसअघि बोक्सीकै आरोपमा राधामाथि कुटपिट भएको थियो । भोलेबाबा भनिने रामबहादुर चौधरीसहित ३ जना अदालतको आदेशपछि कैलाली कारागारमा कैद सजाय भोगिरहेका छन् । घोडाघोडी नगरपालिका-५ देउकलियाकी उनीमाथि २०७४ फागुन २४ गते बोक्सीको …

पुरा पढ्नुहॊस »

मूलपानी रंगशालामा १२ वर्षीया बालिकाको सामूहिक बलात्कार

काठमाडाैं । काठमाडौंको कागेश्वरी नगरपालिका मूलपानीस्थित निर्माणाधीन क्रिकेट रंगशालामा एक १२ वर्षीय बालिकाको सामूहिक बलात्कार भएको छ । लक्ष्मीपूजाकाे दिन बुधबार याे घटना भएकाे हाे । प्रहरीका अनुसार तीनजना युवकले गोकर्णेश्वर नगरपालिका घर भएकी ती बालिकालाई निर्माणाधीन रंगशालाकाे एउटा कोठामा बलत्कार गरेका हुन् । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले बालिकाको उद्धार गरी स्वास्थ्य जाँचका लागि प्रसुति गृह थापाथलीमा पठाएको छ । घटनामा संलग्न ३ जना पक्राउ परेका छन् । …

पुरा पढ्नुहॊस »

वैशिक रोजगारीमा गएका नेपालीको शेयर बजारमा रुचि

बुटवल । वैदेशिक रोजगारीमा गएका नेपालीहरु शेयर खरीद बिक्रीमा संलग्न हुने क्रम बढेको छ । खासगरी कोरिया, दुवई, साउदी अरबलगायतका मुलुकमा वैदेशिक रोजगारीमा गएकाले आफ्नो परिवार वा अनलाइनमार्फत् रु ५० हजारदेखि रु पाँच लाखसम्मको शेयर खरीद तथा बिक्री गर्ने गरेको बुटवलस्थित विभिन्न शेयर दलालका कार्यालयले जनाएका छन् । “उनीहरुले विदेशबाट नै भन्छन् र हामीले खरीद गरिदिन्छौँ” दक्षिणकाली इन्भेष्टमेण्ट बुटवलका शङ्कर भण्डारीले भने । पूँजी बजार अनलाइन प्रणालीमा गएपछि सबैभन्दा बढी …

पुरा पढ्नुहॊस »

सार्वजनिक बिदामा निगमको डिपो खुल्ला, इन्धन अभाव नहुने

काठमाडौं । नेपाल आयल निगमले तिहारको समयमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पेट्रोल पम्पलाई पर्याप्त मात्रामा इन्धन उपलब्ध गराएको छ । निगमको थानकोटस्थित डिपोबाट काठमाडौँ उपत्यकालगायत आसपासका विभिन्न पम्पलाई आज ८.५ लाख लिटर पेट्रोल र ४.५ लाख लिटर डिजेल वितरण गरिएको डिपो प्रमुख इन्जिनियर भरत रेग्मीले बताउनुभयो । निगमले मङ्गलबार ८.५ लाख लिटर पेट्रोल र ८.३ लाख लिटर डिजेल विभिन्न पम्पलाई उपलब्ध गराएको थियो । डिपोले काठमाडौँ उपत्यका, बनेपा, सिन्धुपाल्चोक, …

पुरा पढ्नुहॊस »

यस्तो छ विदेशी मुद्राको आजको सटहीदर

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५० पैसा रहेको छ भने विक्रिदर ११७ रुपैयाँ १० पैसा रहेको छ । युरो एकको खरिददर १३३ रुपैयाँ ८१ पैसा र विक्रिदर १३४ रुपैयाँ ५० पैसा रहेको छ । यस्तै साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ र ३२ रुपैयाँ १६ पैसा रहेको छ । विनिमयदर तालिकामा हेर्नुहोस्ः

पुरा पढ्नुहॊस »