काठमाडौंका मुख्य ठाउँमा ४ दिन विद्युत् अवरुद्ध हुने (सूचनासहित)

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने काम धमाधम भइरहेको छ । जसले उपत्यकाको विभिन्न स्थानमा विद्युत् आपूर्ति प्रभावित भइरहेको छ ।

प्राधिकरणले जेठ ३ गते नयाँबजार, जेठ ५ गते नयाँबजार र क्षेत्रपाटी, जेठ ६ गते भिमसेनस्थान र जेठ ८ गते भिमसेनस्थान र त्रिपुरेश्वर क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ । उल्लिखित फिडरहरू अन्तर्गतका विभिन्न स्थानमा बिहान ११ः०० बजेदेखि साँझ ०५ः०० बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ऊर्जामन्त्री खड्कासामु इप्पानले राख्यो आठबुँदे माग (मागसहित)

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई …

प्रतिकृया दिनुहॊस