पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनीसँग लगाए भाइटीका

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका लगाएका छन् ।

टीकाको शुभ साइत ११ बजेर ५५ मिनेटमा भएपनि ९ बजेर ५१ मिनेटमा पूर्वराजा ज्ञानेन्द्रले बहिनी शाहीको हातबाट भाइटीका लगाएका हुन्।

पूर्वराजाले आफ्ना ज्योतिषले दिएको साइतको समय अनुसार टीका लगाउने गरेका छन् । पूर्व राजा शाह भाइटीका लगाउन बहिनी शोभाको कमलादीस्थित निवास शोभा गृहमा पुगेका थिए।

टीका ग्रहणपछि पूर्वराजा ज्ञानेन्द्र शाहले सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै मुलुकमा शान्ति र अमनचयनको कामना गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सस्तोमा ल्यापटप मिलाइदिने भन्दै अनलाइनमार्फत २७ लाखभन्दा बढी ठगी

काठमाडौं । अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा कास्की माछापुच्छ्रे गाउँपालिका-५ ठेगाना भएका २९ …

प्रतिकृया दिनुहॊस