कर्जा भुक्तानी सहज बनाउन एमएचपीएलले ल्यायो मोबाइल एप

काठमाडौं । एमएडब्लू हायर पर्चेजले ‘एमएचपीएल एप’ सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले एप सार्वजनिक गरेको हो ।

विद्युतीय र पेट्रोलियम इन्धनका दुई पाङ्ग्रे, चार पाङ्ग्रे गाडी, व्यापारिक, निर्माण एवम् कृषि क्षेत्रका सवारी साधनका लागि कम्पनीले ऋण उपलब्ध गराउँदै आएको छ। त्यसै ऋणको साँवा, ब्याज भुक्तानी एवम् चाँडै ऋण समेत यसै एपमार्फत् अनलाइनबाट लिन सकिने एमएडब्लू हायर पर्चेजले जनाएको छ ।

‘एमएचपीएल’ एपको सुरुवात भएसँगै अब आफ्नो कर्जाको अवस्था जान्नका लागि ग्राहकहरुले भौतिक रुपमै उपस्थित हुनुपर्ने पुरानो बाध्यता पनि हट्ने कम्पनीले जनाएको छ। एपबाट कर्जा विवरणहरुको जानकारी र बाँकी सावा रकमको भुक्तानी तालिका, सुरक्षित र सुविधाजनक ईएमआई भुक्तानी र उपलब्ध कर्जा अवस्थाको जानकारीको रियल टाइम नोटिफिकेसन प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

कार्यक्रममा एमएडब्लू गुप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णु अग्रवाल र एमएचपीलएलका महप्रबन्धक प्राणनाथ भट्टराईले ‘एमएचपीएल’ एप को सुरुवात गरेका छन्। एमएडब्लू गुप अफ कम्पनीजका प्रबन्ध निर्देशक अग्रवालले एपको सुरुवात सँगै देशभरका ग्राहकलाई सेवा दिन अझै सहज हुने बताएका छन्।

“एमएचपीएलमा हामी हाम्रा ग्राहकहरुका लागि निरन्तर रुपमा सुविधाहरु बढाउन हरसम्भव प्रयास गर्दै आएका छौं। आजको ‘एमएचपीएल एप’ अनावरण हामीलाई हाम्रा ग्राहकसँग अझै बढी डिजिटल र प्रभावकारी ढंगले जोडिनका लागि एउटा कोसेढुंगा सावित भएको छ। एमएचपीएल एप मार्फत् अब ग्राहकहरुले आफ्ना कारोबारको रियल टाइम इनसाइटहरु प्राप्त गर्न सक्नेछन् । यो त केवल सुरुवात हो; हामी बजारको मागलाई सम्बोधन गर्दै एपका सुविधाहरुलाई अझै समृद्ध बनाउन निरन्तर प्रतिबद्ध छौं,” एमएचपीएलका महानिर्देशक प्राणनाथ भट्टराईले भने ।

एमएचपीएल एमएडब्लू ग्रुपद्वारा प्रवर्धित र नेपाल राष्ट्र बैंकद्वारा इजाजत प्राप्त हायर पर्चेज कम्पनी हो । कम्पनीले देशभरका ३० हजारभन्दा बढी ग्राहकहरुलाई आफ्नो सेवा प्रदान गरिसकेको जनाएको छ। यसले हालसम्म आफ्नो व्यापक संजाल मार्फत् नेपालभर कुल १० अर्ब १९ करोड रुपैयाँको कर्जा प्रवाह गरेको बताएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

श्रमिकले रेमिट्यान्स पठाउने सुनिश्चिता गरेमा विना धितो ऋण पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१ /०८२ मा श्रमिकले रेमिट्यान्स पठाउने सुनिश्चिता …

प्रतिकृया दिनुहॊस