कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समिति र संसदीय दलको बैठक आह्वान गरेको छ ।

मंगलबार बिहान ११ बजेका लागि संयुक्त बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा गहन छलफलका लागि बैठक बोलाइएको उनले बताए ।

बैठकमा आज प्रधानमन्त्रीले संसद्बाट लिएको विश्वासको मत र आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसद्मा सम्बोधन गर्दै कांग्रेस नेताहरुमाथि लगाएको आरोपका विषयमा छलफल हुनेछ ।

सहकारी ठगी प्रकरणको विषय पेचिलो बन्दै गइरहेको छ । गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति माग गरिरहेको छ । शनिबार संसदीय छानबिन समिति बनाउने विषयमा सहमति भए पनि त्यसको क्षेत्राधिकारको विषय नटुंगिदा गठित कार्यदलको बैठक समेत प्रभावित भएको छ ।

आज प्रधानमन्त्रीले कांग्रेसको विरोधकाबीच पनि विश्वासको मत लिएपछि थप रणनीति बनाउन कांग्रेसले बैठक आह्वान गरेको हो । बैठक कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

देशभर मनसुनी वायुको प्रभाव, आज यी क्षेत्रमा भारी वर्षा

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास …

प्रतिकृया दिनुहॊस