नाराबाजीकै बीच प्रतिनिधिसभाबाट राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा कांग्रेसको अवरोध जारी रहेको छ । बैठक शुरु हुना साथ कांग्रेसका सांसदहरुले विरोध शुरु गरेका थिए । बैठकमा सभामुखले कांग्रेसका सांसद बद्रि पाण्डेलाई बोल्ने समय दिएका थिए । पाण्डेले गृहमन्त्री रवि लामिछानेले संसदमा बोलेका र कांग्रेसका नेताहरुमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका थिए ।

पाण्डेले बोलेपछि सभामुखले बैठक अगाडी बढाएपछि कांग्रेसका सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए । नाराबाजीका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले पेश गरेको नीति तथा कार्यक्रमको सम्बोधनप्रति धन्यवादको प्रस्ताव टेबुल गरेका थिए । नाराबाजीका बीच सभामुखले धन्यवादको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरे र सो प्रस्ताव बहुमतले पारित गरेको घोषणा गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रहरीका २८९ लेखापालको सरुवा, अब को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका २८९ जना लेखापालहरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको …

प्रतिकृया दिनुहॊस