राष्‍ट्रपति, उपराष्‍ट्रपति, प्रधानमन्‍त्रीद्वारा भाइटीका

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाँचौँ एवम् अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ-आफ्नो परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिएर मनाइएको छ ।

यस्तै राष्‍ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार बिहान ११ बजेर ५५ मिनटको शुभसाइतमा भाइ डेगेन्द्र पाण्डेलाई सप्तरंगी टीका लगाइदिइन् । राष्‍ट्रपति भवन शीतलनिवासमा भएको भाइटीका कार्यक्रममा राष्‍ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो, मखमलीयुक्त माला लगार्इ कटुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरिन् ।

उपराष्‍ट्रपति नन्दबहादुर पुनले कपुरधारास्थित सरकारी निवासमा बहिनीहरू चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामाबाट टीका लगाए । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट टीका लगाए । उनीहरूले प्रधानमन्त्री पत्‍नी राधिका शाक्यलाई पनि टीका लगाइदिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस