सरकारसँग कांग्रेसको माग- रवि लामिछानेलाई तत्काल पक्राउ गरियोस्

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध तत्काल पक्राउ पुर्जी जारी गर्न सरकारसँग माग गरेको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले सहकारी ठगीको आरोप लागेकी राप्रपाकी सांसद गीता बस्नेत पक्राउ परेकाले गृहमन्त्री लामिछानेविरुद्ध पनि पक्राउ पुर्जी जारी गर्नुपर्ने बताएका हुन् । उनले ठगीको अभियोगमा सांसद बस्नेतलाई पक्राउ पुर्जी जारी हुने तर सोही अभियोग लागेका लामिछाने मुलुकको गृहमन्त्री हुने विडम्बनापूर्ण अवस्थाको अन्त्य हुनुपर्ने बताए ।

‘सहकारी ठगीमा माननीय गृहमन्त्री लामिछानेको संलग्नताको दाबी सम्पूर्ण हिसाबले पुष्टि भएको छ । यस्तै खालको अभियोग भोगिरहेकी माननीय गीता बस्नेतमाथि पक्राउ पुर्जी जारी भएको छ । एउटै सदनका दुई जना माननीयमाथि एउटै अभियोग छ । एक जना पक्राउ पुर्जी जारी भएर फरारको सूचीमा रहनुपर्ने र अर्को गृहमन्त्री हुनुपर्ने यो कस्तो विडम्बना र कस्तो न्याय हो ?,’ उनले भने, ‘माननीय गीता बस्नेतलाई जस्तै गृहमन्त्री लामिछानेविरुद्ध पनि पक्राउ पुर्जी जारी होस् ।’

सहमहामन्त्री पाण्डेले गृहमन्त्री लामिछानेले देशका विभिन्न ठाउँका सहकारीबाट एवं अर्बभन्दा बढी रकम गोर्खा मिडियाको नाममा लिएर अपचलन गरेको दोहोर्‍याउँदै उनको नाम किटान गरेर संसदीय छानबिन समिति नबनेसम्म आफूहरूले संसद बैठक चल्न नदिने बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘नो केबलकार समूह’ द्वारा थप आन्दोलन कार्यक्रमको घोषणा

काठमाडौँ । ‘नो केबलकार समूह’ द्वारा पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध थप आन्दोलन कार्यक्रम गर्ने घोषणा गरेको छ । उनीहरुले नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै थप आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेका हुन् ।

प्रतिकृया दिनुहॊस