News desk

डोल्पामा जीप नदीमा खस्यो, १० जनाको मृत्यु

काठमाडाैं । डोल्पामा सोमबार जीप नदीमा खस्दा १० यात्रुको मृत्यु भएको छ । सदरमुकाम दुनैबाट सुपानी जान लागेको भे १ च १६१० नम्बरको बोलेरो जीप दिउँसो ठूलीभेरी नदीमा खसेको हो । दुनैबाट गुडेको ४५ मिनेटपछि कालागौडामा सडकबाट चिप्लिएर जीप नदीमा खसेको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा घाइते २ जनाको उद्धार गरिएको छ। चालक दिनेश बोहोरा पनि घाइते भएका छन् । दुर्घटनाको कारण खुल्न नसकेको प्रजिअ …

पुरा पढ्नुहॊस »

पद्मरत्नको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्तिक आन्दोलनका योद्धा एवं मानव अधिकारवादी अभियन्ता पूर्वमन्त्री पद्मरत्न तुलाधरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तव्त परिवारप्रति समवेदना प्रकट गरेकी छन् । नेपालको लोकतान्त्रिक आन्दोलनका योद्धा एवं मानवअधिकारवादी अभियन्ता पूर्वमन्त्री पद्मरत्न तुलाधरको निधनले मलाई दुःखित तुल्याएको छ । उहाँको महत्वपूर्ण योगदानको राष्ट्रले सदा स्मरण गरिरहनेछ । मुलुकलाई अपुरणीय क्षति पुगेको यस दुःखद घडीमा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछु । — Bidya Devi Bhandari President of …

पुरा पढ्नुहॊस »

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल : स्तरोन्नतिको काम अघि बढ्यो

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति ‘रिह्याबिलिटेसन’को प्रक्रिया अघि बढेको छ । निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनियरिङ कर्पाेरेशनसँग सोमबार निर्माण सम्झौता हुने भएको हो । उक्त आयोजनाबारे आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी नेपाल नागरिक उड्डयन प्राधिकरण क्यान) उच्च अधिकारीबीच प्रस्तुतीकरण गरिएको थियो । मन्त्री अधिकारीसहित सञ्चारकर्मीको टोलीले क्यानअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले गरिरहेको कामको स्थलगत अवलोकनसमेत गरेको थियो । चिनियाँ …

पुरा पढ्नुहॊस »

भारतीय प्रधानमन्त्री मोदी पाँचौँपटक नेपाल आउँदै

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विभिन्न राज्यमा विधानसभा तथा आम निर्वाचनको संघारमा फेरि नेपाल आउने भएका छन् । मंसिर २६ मा जनकपुरमा आयोजना हुने विवाह पञ्चमीमा सहभागी हुने गरी मोदी नेपाल आउन लागेको परराष्ट्र स्रोतले जानकारी दिएको छ । आफ्नो पाँचौँपटकको नेपाल भ्रमणको अवसरमा मोदीले एकीकृत भन्सार जाँच चौकीको उद्घाटन समेत गर्ने कार्यक्रम छ । त्यस्तै प्रधानमन्त्री केपी ओलीसँग मिलेर मोदीले पुनः सञ्चालनमा आएको जनकपुर जयनगर रेल मार्ग पनि …

पुरा पढ्नुहॊस »

काठमाडौंमा प्रदीप र जसिताको ‘लभ स्टेशन’

काठमाडाैं । ‘लिलिबिली’बाट रुचाएको स्क्रिन जोडी प्रदीप खड्का र जसिता गुरुङको अर्को फिल्म ‘लभ स्टेशन’को काठमाडौंमा छायाँकन सुरु भएको छ । दार्जिलिङपछि काठमाडौंमा फिल्मको छायाँकन सुरु भएको हो । निर्माण टिम तिहारअघि फिल्मका दुई गीतका छायाँकन सकाउने तयारीमा छन् । फिल्मको छायाँकन दार्जिलिङ, कालिङपोङ, खार्साङ, मिरिकमा ६० प्रतिशत सकेको थियो । त्यसपछि इलामको पशुपतिनगर, फिक्कल एक, इलाम, कन्याम र श्रीअन्तुमा २० प्रतिशत छायाँकन सकियो । तीहारसम्ममा काठमाडौंको छायाँकन सम्पन्न गर्ने निर्माता गोविन्द …

पुरा पढ्नुहॊस »

काठमाडाैंमा राति १० वजेपछि देउसी-भैलो खेल्न रोक

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काठमाडाैंले राति १० वजेपछि देउसी–भैलो खेल्न रोक लगाएको छ । तिहारमा हुन सक्ने अपराधिक घटना र विकृति नियन्त्रण गर्न भन्दै प्रशासनले राति १० बजेपछि देउसी–भैलो खेल्न रोक लगाइएको जनाएको हो । निर्णय विपरित १० बजेपछि पनि देउसी–भैलो खेलिए कानून बमोजिम कारवाही गरिने स्थानीय प्रशासनले स्पष्ट पनि पारेको छ । यता, प्रहरीले पटाका, भुइचम्पाजस्ता प्रज्जवलनशील बस्तुको आयात–निर्यात, बिक्री र प्रयोग निषेधित रहेको स्मरण गराएको छ । तिहारलाई …

पुरा पढ्नुहॊस »

कोरियामा नेपाली मोडललाई अवार्ड

काठमाडौं । ‘५ औं लक्जरी ब्राण्ड मोडल अवार्ड, ग्लोबल फेसन वीक २०१८’मा नेपालले अवार्ड जितेको छ । नेपालबाट अवार्डमा सहभागि भएका मोडलहरु विक्रम आदित्य महासेठ, अदिति अधिकारी, रुविष्का श्रेष्ठ र आदर्श ज्ञवालीले नेपालका लागि अवार्ड प्राप्त गर्न सफल भएका हुन् । विक्रम र रुविष्का श्रेष्ठले ‘ब्राण्ड अनररी एम्बेसडर अफ एलबिएमए’ जिते । त्यस्तै अदीति अधिकारले ‘फेसनिन्स्टा एण्ड ब्राण्ड अनररी एम्बेसडर फर जे जुन कस्मेटिक प्रोडक्ट’ र आदर्श ज्ञावलीले ‘बेस्ट पर्सनालिटी’ अवार्ड …

पुरा पढ्नुहॊस »

माथिल्लो तामाकोशीको शेयरमा चार अर्बको आवेदन

काठमाडाैं । निजी क्षेत्रका जलविद्युत् कम्पनीको साधारण शेयर बिक्न समस्या परिरहेका बेला माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा नागरिकको उल्लेख्य सहभागिता भएको छ । यही कात्तिक १५ गते बिहीबारदेखि बिक्री शुरु भएको सो कम्पनीको साधारण शेयरमा अाइतबार साँझसम्म करीब चार अर्ब बराबरको आवेदन परेको छ । माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार दुई लाख छ हजार ९९१ जनाले तीन अर्ब ९९ करोड ७१ लाख बराबरको आवेदन दिएका छन् । …

पुरा पढ्नुहॊस »

भारतीय कांग्रेसले नेपाललाई सोध्यो-मोदीलाई मात्रै महत्व किन दिएको?

काठमाडाैं । भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेसआई) ले नरेन्द्र मोदीलाई मात्रै महत्व नदिन नेपाललाई आग्रह गरेको छ। प्रधानमन्त्री मोदीले छिमेकीसँगको सम्बन्धलाई दलगत हितमा उपयोग गरेकोमा आलोचना गर्दै उसले नेपाल सरकारलाई सचेत रहन भनेको हो। कुटनीतिक उच्चस्रोतका अनुसार कांग्रेस आईले भारतीय जनता पार्टी (बीजेपी) लाई नै तोकेर नेपाललाई छुट्टै आग्रह गरेको छ। आगामी निर्वाचनमा कांग्रेस आईले वर्तमान सरकारको छिमेक नीतिलाई मुख्य मुद्दा बनाएर अघि बढ्दै छ । यसै सन्दर्भमा उसले नेपालसँग पनि …

पुरा पढ्नुहॊस »

नारायणहिटी संग्राहलयको शुल्क बढाउने तयारी

काठमाडाैं । संग्रहालय स्थापना भएको एक दशक पछि नारायणहिटी संग्रहालयले प्रवेश शुल्क बढाउने तयारी गरेको छ । पुरातत्व विभाग मातहतमा रहेको संग्रहालयले शुल्क बढाउने प्रस्ताव संस्कृति पर्यटन तथा मन्त्रालयमा पेश गरेको छ। यो खबर आजको समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले लेखेका छन्। करिब तीन साता अघि बसेको बैठकले शुल्क बढाउने प्रस्ताव गरेको हो । सो प्रस्ताव पुरातत्व विभाग हुदै संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा पेश भएको छ। प्रस्तावित नयाँ शुल्कमा नेपाली विद्यार्थीलाई ४०, …

पुरा पढ्नुहॊस »