कीर्तिमान बनाएको सुनको मूल्यमा भारी गिरावट

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

तेजाबी सुनको भाउ पनि १२ सय रुपैयाँले नै घटेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ३९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

चाँदीको भाउ ५५ रुपैयाँ प्रतितोलाका दरले घटेको छ । यस दिन चाँदी तोलामा १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जितपुर-सिमरा नगर सभामा तोडफोड

काठमाडौं । बाराको जितपुर–सिमरा उपमहानगरपालिकाको नगरसभा विथोलिएको छ । नेकपा (एमाले) बाट निर्वाचित वडाध्यक्षको विरोध …

प्रतिकृया दिनुहॊस