News desk

पाँच दिनपछि प्रधानमन्त्री डिस्चार्ज

काठमाडाैं । सोमबार छातीमा समस्या भएर अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ डिस्चार्ज भएका छन् । छातिको समस्या निको भएपछि प्रधानमन्त्री ओलीलाई अस्पतालबाट डिस्चार्ज गरिएको मनमोहन कार्डियोभास्कुलर तथा थोरासिक सेन्टरका निर्देशक उत्तमकृष्ण श्रेष्ठले जानकारी दिए । आराम हुँदै गएपछि ओलीले बिहीबार अस्पतालमै मन्त्रीहरूलाई बोलाएर आवश्यक निर्देशन दिएका थिए । कानुनमन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललगायतसँग उनले भेटघाट गरे । शुक्रबार स्वास्थ्य परीक्षणको …

पुरा पढ्नुहॊस »

समबन्धविच्छेदका मुद्दा दर्ता गर्ने पुरुष बढे

घोराही । देवानी तथा फौज्दारी संहिता लागू भएसँगै सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउने पुरुषको सङ्ख्या बढेको छ । दाङ जिल्ला अदालतको साढे दुई महीनाको तथ्याङकमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्नेमा महिलाभन्दा पुरुषको सङ्ख्या धेरै देखिएको हो । अदालतका श्रेस्तेदार चुडामणि रेग्मीका अनुसार उक्त अवधिमा ६१ पुरुष र ५७ महिलाले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएका छन् । यसअघि उक्त अदालतमा ११७ सम्बन्धविच्छेदका मुद्दा परेकामा ४६ मुद्दा फैसला भइसकेका छन् । संहिताबमोजिम पुरुषले पनि अदालतबाटै सम्बन्धविच्छेदको …

पुरा पढ्नुहॊस »

बीजेपी नेता अनिल परिहार र उनका भाइको गोली हानी हत्या

काठमाडाैं । भारतीय जनता पार्टी (भाजपा) का जम्मु काश्मिर राज्य सचिव अनिल परिहार र उनका भाइको गोली हानी हत्या गरिएको छ । सचिव परिहार र भाइ अजित परिहारको अज्ञात समूहले गोली हानी हत्या गरेको बीबीसीले जनाएको छ । घटना डोडा जिल्लाको किस्तवाड कस्बेमा भएको हो । घर फर्कंदै गर्दा दुबैमाथि गोली प्रहार भएको हो । जम्मु काश्मिरका बीजेपीका महासचिव अशोक कौलले घटनाको पुष्टि गर्दै एक उच्च कोटाको नेता गुमाएको बताएका छन् …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्रीलाई भोलि बिहानसम्म डिस्चार्ज गरिने

काठमाडाैं । छातीको संक्रमणपछि उपचारका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य पूर्ण सुधारोन्मुख रहेको चिकित्सकले बताएका छन् । प्रधानमन्त्रीकी निजी चिकित्सक डाक्टर दिव्या सिंहका अनुसार आज साँझ वा भोलि (शनिबार) बिहानसम्म प्रधानमन्त्रीलाई डिस्चार्ज गर्ने तयारी छ । ‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे केहीबेरमा हेर्छौं’, डाक्टर सिंहले भनिन्, ‘कि आज साँझ नभए भोलि बिहान डिस्चार्ज गरिन्छ ।’ औषधीको मात्रा शुक्रबार साँझ पूरा हुने उनले बताइन्। संक्रमण भएको बिरामीलाई प्राय: एक साता औषधी …

पुरा पढ्नुहॊस »

कांग्रेसको चियापानमा एक लाख बढीलाई निम्ताे

काठमाडाै‌ं । नेपाली कांग्रेसले तिहार, नेपाल संवत, छठ पर्व लगायतका अवसरमा शुक्रबार चियापान कार्यक्रम गर्दैछ । चियापान कार्यक्रममा विभिन्न क्षेत्रका झण्डै एक लाख जनालाई निमन्त्रणा गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसले शुक्रबार काठमाडौं उपत्यकाको केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्लामा चियापान कार्यक्रम आयोजना गरेको जनाएको छ । २०३३ सालमा जननायक विपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि हरेक वर्ष कांग्रेसले जलपान समारोह …

पुरा पढ्नुहॊस »

नेपाल र थाईल्याण्डबीच एेतिहासिक हवार्इ सम्झौता

काठमाडाैं । नेपाल र थाईल्याण्डबीच सन १९७१ मा भएको हवाई सम्झौता नवीकरण भएको छ । थार्इल्यान्डको बैंककमा भएको सम्झौतापछि थार्इल्यान्डका सबै विमानस्थलमा नेपाली जहाज जान पाउने बाटो खुलेको छ । समझदारी पत्रमा हप्तामा कम्तीमा २८ वटा जहाज उडान हुने र जुनसुकै विमानस्थलमा अवतरण गर्न पाउने उल्लेख छ । दुबै देशले कार्गो विमानको संख्यामा सीमा नतोक्ने पनि उल्लेख छ ।यस्तै नेपालका निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलमा थाई विमानद्वारा उडान गर्न उत्प्रेरित गर्ने पनि सम्झौता भएको छ । समझदारीमा …

पुरा पढ्नुहॊस »

‘चौका दाउ’को ‘मेरो माया कतारमा’ रिलिज

काठमाडाैं । फिल्म ‘चौका दाउ’को दोस्रो गीत रिलिज भएको छ । युट्युबमार्फत फिल्ममा समावेश ‘मेरो माया कतारमा’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतमा शम्भुजित बास्कोटाको संगीत रहेको छ । श्रीपुरुष ढकालको शब्द रहेको गीतमा संगीतकार बास्कोटा र सुमन गुरुङस्वर रहेको छ । सोनिका केसीको बोल्ड नृत्य रहेको उक्त गीतको भिडियोमा नायिका वर्षा राउतलाई पनि देख्न सकिन्छ । वसन्त श्रेष्ठको नृत्य निर्देशन रहेको भिडियोमा फिल्मका अन्य कलाकार सन्तोष पन्त, …

पुरा पढ्नुहॊस »

१७ वर्षपछि बन्ने भयो विद्युत् नियमन आयोग

काठमाडाैं । विद्युत् क्षेत्रको समग्र नियमन गर्न सरकारले विद्युत् नियमन आयोग गठन गर्ने अन्तिम तयारी गरेको छ । १९ भदौ ०७४ बाट कार्यान्वयनमा आएको ‘विद्युत् नियमन आयोग ऐन–२०७४’अन्तर्गत यसको नियमावलीसमेत गत ११ भदौ ०७५ मा बनिसकेको छ । तर, अध्यक्ष र सदस्यहरूको नियुक्ति गरी आयोगलाई पूर्णता नदिँदा सो आयोग कार्यान्वयनमा आउन भने सकेको छैन। पुष्प कोइरालाले आजको नयाँ पत्रिकामा यो खबर लेखेका छन्। ऊर्जा, जलस्रोत एवम् सिँचाइमन्त्री वर्षमान पुनले आयोगका पदाधिकारी नियुक्तिका लागि मन्त्रालयका सचिव …

पुरा पढ्नुहॊस »

तिहार नजिकिँदै गर्दा आठ करोडको तास, कहाँबाट अाउँछ यत्राे तास?

काठमाडाैं । पछिल्लो तीन महिनामा मुलुकमा आठ करोड रुपैयाँको तास आयात भएको छ। तास खेल्ने पर्व तिहार नजिकिँदै गर्दा यसको आयात ५२ लाख प्याकेटभन्दा धेरै भएको छ। यो तथ्यांक गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.७६ प्रतिशत धेरै हो। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८ करोड ६ लाख ५४ हजार रुपैयाँ बराबरको ५१ लाख ९३ हजार ८ सय प्याकेट तास आयात भएको छ। सबैभन्दा धेरै तास …

पुरा पढ्नुहॊस »

देशभरका पानी र बिजुलीको जानकारी अब मोबाइलबाटै

काठमाडाैं । देशभरका सबै खोलानालाबाट बग्ने पानी र विद्युत्को अवस्थाबारे विस्तृत जानकारी दिने एनपावर र एनवाटर नामक मोबाइल एप्लिकेसन (एप्स) बन्ने भएका छन्। राष्ट्रिय योजना आयोगले स्थानीयदेखि केन्द्रीय तहसम्मका योजनाहरू निर्माणमा सहजीकरणका लागि दुई एप्स निर्माण गर्न लागेको हो। यो खबर आजको कारोबार दैनिकमा भीम गाैतमले लेखेका छन्। ‘कुन खोलामा कति पानी छ भन्ने देखि कुन ठाउँसम्म कतिभ विद्युतीकरण भएको भन्ने सम्मका विस्तृत विवरण दिने गरी एप्स बनाउन लागिएको आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले …

पुरा पढ्नुहॊस »