थलीमा मृत भेटिएका कृष्णकी छोरी बबरमहलबाट पक्राउ, छोरा पनि फर्पिङमा घाइते फेला

काठमाडौं । काठमाडौंको थलीमा मृत भेटिएका व्यक्तिकी छोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनकी छोरीलाई प्रहरीले बबरमहलबाट नियन्त्रणमा लिएको हो ।

घाँटीमा धारिलो हतियारले काटेको र अनुहार कालो कपडाले छोपेको अवस्थामा भक्तपुर नगरपालिका-७, छालिङ ठेगाना भएका कृष्ण नगरकोटी बिहान थलीको उकालोमा मृत फेला परेका थिए । उनको साथमा रहेको सवारी चालक अनुमति पत्रका आधारमा पहिचान खुलेको थियो ।

नगरकोटीका छोरा भने काठमाडौंको फर्पिङमा घाइते अवस्थामा भेटिएका छन् । उनलाई नियन्त्रणमा लिएर प्रहरीले टेकुमा ल्याएको छ । घटना शंकास्पद रहेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री