काठमाडौंको थलीमा शव भेटियो, अनुसन्धानमा प्रहरी

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । काठमाडौंको कागेश्वरी मनहरास्थित थलीमा एक पुरुषको शव फेला परेको छ । मंगलबार बिहान साढे पाँच बजे शंकास्पद अवस्थामा शव फेला परेको हो ।

प्रहरीले फेला पर्दा ब्लिडिङ भइरहेको थियो । शवको प्रकृति हेर्दा घटना शंकास्पद देखिएको छ । प्रहरीका अनुसार कालो कपडाले शवको अनुहार ढाकिएको थियो ।

घटना स्थलमा दुईवटा ब्लेड फेला परेका छन् । मृतक करिब ३५ देखि ४५ वर्ष उमेरको रहेको प्रहरीको भनाई छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप