काठमाडौं । नेपाली बजार आज (सोमबार)पनि सुनचाँदीको भाउले नयाँ रेकर्ड राखेको छ ।
आइतबार प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
तेजाबी सुनको भाउ पनि ९ सय रुपैयाँले नै बढेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
चाँदीको भाउ ३० रुपैयाँ प्रतितोलाका दरले बढेको छ । यस दिन चाँदी तोलामा १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिकृया दिनुहॊस