बीसिए कपको उपाधी दुर्गाथलीले जित्यो, भवानी स्पोर्ट्स दोस्रो

पार्वती ऐडी
बझाङ । यस वर्षकाे ‘धौली देवी स्मृति बीसिए कप २०७५’काे उपाधी दुर्गाथली गाउँपालिका वडा न.७ ले जितेकाे छ । बझाङकाे बुङ्गलमा भएकाे प्रतिस्पर्धामा भवानी स्पाेर्टस् क्लव १७ अाेभरमै समेटिएपछि दुर्गाथलीले ५१ रनले हराउँदै उपाधी उचाल्ने माैका पाएकाे हाे ।

हिले ब्याटिङ् गरेकाे दुर्गाथलीले २० अाेभरमा सबै विकेट गुमाउँदै ११८ रनकाे लक्ष्य भवानी सामु पेश गर्‍याे । जवाफी ब्याटिङ्मा उत्रिएकाे भवानीले १७ अाेभरमै सबै विकेट गुमाउँदै जम्मा ६८ रनमात्र जाेडेर दाेस्राे स्थानमा चित्त बुझायाे । सेमिफाइनलमा जालपादेवी युवा क्लव देवललार्इ पराजित गर्दै भवानी स्पाेर्टस् क्लव फाइनलमा प्रवेश गरेको थियो भने बझाङ क्रिकेट एकेडमीलाई हराउँदै दुर्गाथली फाइनल प्रवेश गरेको थियो ।कपमा अनुशासित टीम बटुलसेरा, म्यान अफ द सिरिज दुर्गाथलीका छाेटु तिरुवा, बेष्ट बलर भवानी स्पाेर्टस क्लबबाट श्यामसुन्दर साउँद बेष्ट ब्याट्सम्यान बझाङ क्रिकेट एकेडेमीका सन्ताेष केसी र राइजिङ प्लेयर बुंगल एसाेसियसनका राेहित कुवर छनाैंट भएका छन् । सुरुवाती खेलहरु झापा र बिजगडामा सन्चालन भए पनि सेमिफाइनल र फाइनल खेल झापामा सम्पन्न भएका हुन् । गत कात्तिक १७ गते युवा तथा खेलकुद मन्त्री विश्वकर्माले ब्याटिङ गरेर उद्घाटन गरेकाे कपमा प्रदेश ७ का २२ टीमले सहभागिता जनाएका थिए । प्रदेश ७ काे दाेस्राे ठूलाे पुरस्कार राशिकाे धौली देवी स्मृति बीसिए कप २०७५ बिहीबार सम्पन्न भएकाे हाे ।विगत १० वर्षदेखि अनवरत रुपमा आयोजना गरिदै आएको यो कपमा विजयी टीमलाई एक लाख ५० हजार रुपैया, कप र प्रमाण पत्र, द्धितीय हुने टीमलाई ६० हजार नगद, कप, मेडल र प्रमाण पत्र प्रदान गरिएकाे बुंगल एसोसिएसनका संस्थापक इन्चार्ज आर बिक्रमसिंह ओखेडाले बताउनुभयाे । त्यस्तै म्यान अफ दि टुर्नामेण्टलाई २० हजार रुपैया, कप, मेडल र प्रमाण पत्र प्रदान गरिएकाे ओखेडाले बताए । इन्चार्ज ओखेडाका अनुसार उत्कृष्ट व्यासम्यानलाई ५ हजार, उत्कृष्ट बलरलाई ५ हजार, अनुशासित टीमलाई ८ हजार ५ सय रुपैया प्रदान गरिएकाे छ । प्रतियोगिता बुंगलको कन्या माविको प्रांगणमा सञ्चालन भएकाे थियाे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल ओमानसँग १ विकेटले पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको क्यानडा भ्रमणमा नेपालले दोस्रो हार ब्यहोरेको छ । …

प्रतिकृया दिनुहॊस