news

अझै तीन दिन देशभर वर्षा हुने

काठमाडौँ । अझै तीन दिनसम्म देशभरिका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । महाशाखाले तीन दिनको मौसम पूर्वानुमानबारेकाे विज्ञप्ति जारी गरेर देशभर हल्कादेखि मध्यम खालको वर्षा हुनुका साथै पूर्वका केही स्थानमा  भारी वर्षा हुनसक्ने सम्भावना देखाएकाे छ । माैसम विज्ञान विभागका अनुसार राति देशको मध्य तथा पश्चिमी भूभागका केही स्थानमा र पूर्वका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । गएकाे २४ घण्टामा काठमाडौँ …

पुरा पढ्नुहॊस »

इंग्ल्यान्ड हारेपछि नराम्री रोए समर्थक,भिडियोसहित

काठमाडौं । फुटबल खेलकाे अन्तिम चरणमा पुगेकाे छ । यहाँ जीत हार स्वभाविक हुन्छ । र त्यसलार्इ स्वीकार गर्नुपर्छ । आक्रामक समर्थकको रुपमा चिनिने इंग्लिस समर्थकलाई यो पटकको विश्वकपले नराम्ररी ठेस पुगेकाे छ । फुटबल हेर्न रसिया नगई स्वदेशमै सार्वजनिक स्थानमा फुटबल समर्थकर रोएका हुन् । ९० मिनेटको समयमा १-१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा खेलिएकाे थियो । खेलको १०९ मिनेटमा क्रोयोसियाका स्ट्राइकर मारियो मान्जिुकिचले गोल गर्दै इंग्ल्यान्डलाई १ …

पुरा पढ्नुहॊस »

मेगा बैंकले ३६५ दिन नै सेवा दिने, सेवा समय पनि बढाएकाे जानकारी

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकको सुविधालाई ध्यानमा राखि उपत्यका भित्र तथा उपत्यका बाहिरका शाखा कार्यालयहरुको कारोबार समयावधि बढाएको जानकारी दिएकाे छ । ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकले राजधानी भित्र तथा बाहिरका शाखाहरुमा कारोबारको समय थप गरेर सेवा प्रदान गरेको हो । काठमाडौंको राइजिङ मलस्थित केन्द्रिय कार्यालय भवनमा रहेको मुख्य शाखाले स्थापनाकालदेखि नै बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म सेवा दिँदै आएको छ त्यस्तै ठमेल शाखाले …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंक र पानस रेमिटबीच रेमिटेन्स सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पानस रेमिट प्रा. लि.बीच रेमिटेन्स सम्झौता भएको छ । बैंकले युरोप लगायत अन्य मुलुकबाट नेपालमा बैंकिङ्ग प्रणालि मार्फत पठाएको विप्रेषण रकम भुक्तानी दिने उद्देश्यले उक्त रेमिटबीच सम्झौता गरेको हो । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले तथा पानस रेमिटका प्रमुख कार्यकारी अधिकृत धर्मराज पौडेलले हस्ताक्षर गरेका छन् । यस सम्झौता बमोजिम अब पानस रेमिट मार्फत युरोप, अमेरिका, अस्ट्रेलिया र मध्यपूर्वी …

पुरा पढ्नुहॊस »

पाल्पामा बस दुर्घटना

काठमाडौं । पाल्पाको भालेबासमा बिहीबार बिहान भएको बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन् ।भैरहवाबाट बाग्लुङ्ग जाँदै गरेको  लु१ख ७२७२ नम्बरको बस दुर्घटना भएको पाल्पा प्रहरीले जनाएको छ ।दुर्घटनाका घाइते २६ मध्ये ५ यात्रु गम्भीर घाइते भएका छन् ।घाइते सबैको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनाग्रस्त बस २० मिटर तलको खोलामा खसेको छ।

पुरा पढ्नुहॊस »

वर्षाले देशभर जनजीवन प्रभावित : पहिरो र डुबान

काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशका धेरैजसाे स्थानमा वर्षा भइरहेको छ । वर्षाका कारण देशका विभिन्न भागमा बाढी तथा पहिरो समेत गएको छ । पहिरोको गएपछि विभिन्न ठाउँमा राजमार्गहरुको अवरुद्ध बनेका छन् । लामो तथा छोटो दूरीमा जाने सयौँ सवारी साधान रातिदेखि नै बीचैमा अलपत्र परेकाे समाचार अार्इरहेका छन् । त्यस्तै सिन्धुलीखण्ड पहिराका कारण अवरुद्ध भएको छ । सिन्धुली फिक्कल गाउँपालिका–२ सुनामबेंसीमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग सिन्धुलीखण्ड अवरुद्ध भएको हो …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंक र एनएलजी इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक लि. ले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली स्वरुप जीवन तथा निर्जीवनको बीमा सेवा दिने क्रममा  थप एक बिमा कम्पनी, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स (Bancassurance) सम्बन्धी सम्झौता गरेको छ ।                                   यसै सन्दर्भमा महालक्ष्मी विकास बैँक लि. का प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र एनएलजी …

पुरा पढ्नुहॊस »

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस प्रकार रहेको छ ।                            2018_7_ 12  Currency                                   Buy                         Sell

पुरा पढ्नुहॊस »

भक्तपुरमा घर भत्किँदा एकै परिवारका ३ को मृत्यु

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा पहिरो जादाँ एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।सुतिरहेको बेला खसेकाे पहिराेले  च्यापिएर हजुरबुवा, हजुरआमा र नातिनीको मृत्यु भएको हो  । जसमा हिरा लामा ७० वर्ष, पानमाया लामा र २ वर्ष ६ महिनाकी बालिका सम्पदा लामाको मृत्यु भएको हो ।

पुरा पढ्नुहॊस »

नारायणगढ–मुग्लिनको १७ किलोमा सडक भासियो

चितवन । नारायणगढ मुग्लिन सडकखण्डको १७ किलोमा करिब ६५ मिटर सडक भासिएको जानकारी प्राप्त भएकाे छ । हालै मात्र निर्माण पुरा भएर सञ्चालनमा आएको यो सडकमा माथिबाट झर्ने पहिरोले पिरोलिरहेका बेला करिब ६५ मिटर भासिएपछि यातायात एकतर्फी भएको हाे । मंगलबारबाटै भासिन सुरु भएकाे यो सडक अाज  धेरै धसिन पुगेको छ । सडक भासिएसँगै अहिले सवारीसाधनलाई एकतर्फी बनाएर चलाइएको छ।  

पुरा पढ्नुहॊस »