वर्षाले देशभर जनजीवन प्रभावित : पहिरो र डुबान

काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशका धेरैजसाे स्थानमा वर्षा भइरहेको छ । वर्षाका कारण देशका विभिन्न भागमा बाढी तथा पहिरो समेत गएको छ । पहिरोको गएपछि विभिन्न ठाउँमा राजमार्गहरुको अवरुद्ध बनेका छन् । लामो तथा छोटो दूरीमा जाने सयौँ सवारी साधान रातिदेखि नै बीचैमा अलपत्र परेकाे समाचार अार्इरहेका छन् ।

त्यस्तै सिन्धुलीखण्ड पहिराका कारण अवरुद्ध भएको छ । सिन्धुली फिक्कल गाउँपालिका–२ सुनामबेंसीमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग सिन्धुलीखण्ड अवरुद्ध भएको हो ।

उता माटाको ढिस्काबाट पुरिएर बागलुङको निसीखोला गाउँपालिका–२ कान्लेचौरकी ६० वर्षीया बुमा कुँवरको मृत्यु भएको छ । दिउसाे रातमाटा भन्ने ठाउँमा घर लिप्ने माटो खन्दा खसेको ढिस्काबाट पुरिएर २८ वर्षीया कौशिला कार्की घाइते भएकी छिन ।

अरनिको र बिपी राजमार्ग अवरुद्ध

बुधबार बेलुकादेखि अविरल परिरहेको वर्षाका कारण खोलामा बाढी आएर अरनिको र बिपी राजमार्गका केही ठाउँमा अवरोध आएकाले दुवै राजमार्ग ठप्प भएका छन् । उता बनेपाको पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुलबजार डुबानमा परेको छ । बाढीका कारण खोला छेउछाउका बजार क्षेत्रका घर, पसल र टहरा डुबानमा परेका छन ।

नमोबुद्ध नगरपालिका–६ खाक्सीस्थित रोशी खोलाको बीचमा परेका स्थानीय बासिन्दा दुई जनाको उद्धारका लागि प्रहरीको टोली गर्इसकेकाे छ ।

यसका साथै रातिदेखि परेकाे अविरल वर्षासँंगै सडक माथिबाट खसेको पहिराका कारण गए रातिदेखि पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ ।

मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा– कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–४ बुरुण्डीस्थित फाखेलको सडक तथा इन्द्रसरोवर गाउँपालिका–७ स्थित सिस्नेरीको सूर्यडाँडामा आज बिहान परेको वर्षात्ले हेटौँडा काठमाडौँतर्फको यातायात दुवैतर्फ विहीबार बिहानदेखि अवरुद्ध भएको छ ।

भक्तपुर तथा थिमि डुबानमा

हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती तथा बाराही स्थानका बस्तीमा डुबेकाे छ । उता भूकम्पपीडितको शिविर डुबानमा परेको छ । मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती डुबानमा परेका छन् । राधेराधेका साथै त्यस क्षेत्रका बस्तीका साथै भाटभोटेनी सुपर मार्केटसम्म पूरै डुबानमा छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

भ्रमपूर्ण विज्ञापनमा विज्ञापन बोर्डको ‘एक्सन’

काठमाडौं । विज्ञापन बोर्डले सामाजिक सञ्जाललगायत विभिन्न माध्यममा भ्रमपूर्ण विज्ञापन हुने गरेको जनाएको छ । …

प्रतिकृया दिनुहॊस