news

एनएमबी बैंकले १५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । एनएमबी बैंकको थप निष्कासन (एफपीओ) खरिद गर्ने लगानीकर्ताले १५ प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंकको  ३५९ औं सञ्चालक समिति बैठकले एफपीओ बाँडफाँडपछि चुत्तापुँजी अर्थात ७ अर्ब ६० करोड ३२ लाख ९० हजार रुपैयाँ पुग्ने र सोको १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति र वार्षिक साधारणसभाबाट पारित भएपछि बोनस सेयर दिने बैंकले स्पष्ट पारेको छ । बैंकले गत आर्थिक वर्षमा …

पुरा पढ्नुहॊस »

आज इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा

एजेन्सी। विश्वकप २०१८ अन्तर्गत दोस्रो सेमिफाइनलमा आज इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा  हुनेछ  ।यो खेल नेपाली समयअनुसार राति पौने १२ बजे सुरु हुनेछ । क्वाटरफाइनलमा इंग्ल्याण्डले स्वीडेनलाई २–० ले हराएर सेमिफाइनलमा स्थान बनाएको हो । यस्तै क्रोएसियाले आयोजक रुसलाई टाइब्रेकरमा ४–३ ले हराएर अन्तिम चारमा ठाउँ बनाएको हो ।

पुरा पढ्नुहॊस »

दैलेखमा नदीजन्य पदार्थको अवैध उत्खनन

 दैलेख । स्थानीय तहको निर्देशनको बेवास्ता गर्दै दैलेखमा गिट्टीबालुवा अवैध रूपमा उत्खनन र निकासी हुँदै आएको छ । जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले गत असार १० गते नदीजन्य पदार्थको अवैध उत्खनन र निकासीमा रोक लगाउँदै कडाइको सङ्केत गरेको थियो । तर, प्रदेश सरकारले कारबाहीको अधिकार पाउने निकाय नतोक्दा उक्त निर्देशन प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको हो । हाल कर्णाली नदीको तल्लो डुङ्गेश्वर, लोहोरेखोला, छामखोला, पादुका खोला, रामघाट खोलाबाट …

पुरा पढ्नुहॊस »

मौद्रिक नीति आज सार्वजनिक हुँदै

काठमाडौँ ।आर्थिक वर्ष २०७५/७६ को नयाँ मौद्रिक नीति आज सार्वजनिक हुने भएको छ । राष्ट्र बैंकले विनियोजित बजेट, वर्तमान वित्तिय अवस्था र चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनको सकारात्मक तथा नकारात्मक अवस्थाको विश्लेषणका आधारमा आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्छ । बजेटले आगामी आर्थिक वर्ष ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएअनुरुप मौद्रिक नीतिले त्यसलाई सघाउने राष्ट्र बैंकको भनाइ छ।

पुरा पढ्नुहॊस »

पत्रकार मुरारी अधिकारीलाई विद्यावारिधि उपाधि

धार्दिङ। नेपाल संस्कृत विश्वविद्यालयले पत्रकार मुरारी अधिकारीलाई नेपाली विषयमा विद्यावारिधि उपाधि प्रदान गरेको छ । लामो समयदेखि पत्रकारितामा रहेका  अधिकारीलाई आदर्श राघव महाकाव्यमा रस प्रयोग शीर्षकमा शोध गरेवापत विद्यावारिधि उपाधि प्रदान गरिएको हो । अधिकारी नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा गोरखापत्र दैनिकका धादिङ जिल्ला संवाददाता हुन ।                   अधिकारी जिल्लामा नीलकण्ठ बहुमुखी क्याम्पसमा उपप्राध्यापक पदमा कार्यरत समेत छन्। अधिकारीले प्राध्यापक डा. मोहनप्रसाद तिमल्सिना …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकको शाखा काठमाडौंको कोटेश्वरमा

काठमाडौं ।मुक्तिनाथ विकास बैंकले काठमाडौँको कोटेश्वरमा आफ्नो शाखा कार्यालय विस्तार गरेको छ । वरिष्ठ इतिहासविद् तथा लेखक डा. सत्यमोहन जोशीले उक्त शाखा कार्यालयको समुद्घाटन गरे ।                         मुक्तिनाथ विकास बैंकको हालसम्म काठमाडौँ उपत्यकाभित्र कोटेश्वर लगायत महाराजगंज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँबानेश्वर, चावहील, माछापोखरी र भक्तपुरको कमलविनायक गरी ११ शाखाहरु संचालनमा आई सकेका छन् भने जोरपाटी, ठमेल, कुपण्डोल, बत्तीसपुतलीबाट पनि शीघ्र …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकको एकैपटक चार शाखाको उद्घाटन

काठमाडौं । एनआईसी एशिया बैंकले एकैसाथ चार शाखाको उद्घाटन  गरेको छ । बैंकले गौरीगञ्ज नगरपालिका वडा नं. ३, झापा स्थित गौरीगञ्ज शाखा,  कनकाई नगरपालिका वडा नं ३, झापास्थित सुरुङ्गा शाखा, ठाकुरबाबा नगरपालिका, वडा नं. १, बर्दियास्थित भुरीगाँउ शाखा र राप्ती गाउँपालिका वडा नं ५, दाङ्गमा स्थापित सिसहनिया शाखाको उद्घाटन गरेको हो । मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको एनआईसी एशिया बैंकले हाल २२५ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं …

पुरा पढ्नुहॊस »

जिराभावानीमा १ सय ५० परिवारलाई सुधारिएको चुलो वितरण

वीरगंज ।   पर्सा जिल्लाको जिराभावानी गाउँपालिकामा १ सय ५० गरिव तथा विपन्न वर्गका परिवारलाई सुधारिएको चुलो वितरण गरिएको छ । गाउँपालिकालाई धुवाँमुक्त बनाउने र गरिव तथा विपन्न वर्गका परिवारलाई सहयोग पुर्याउने उद्देशले सोमबार आयोजित एक कार्यक्रम विच वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले जिराभावानी गाउँपालिकाको वडा नं. ५ का १ सय ५० गरिव तथा विपन्न वर्गको परिवारलाई सुधारिएको चुलो वितरण गरेको हो । जिराभवानी गाउँपालिकाका अध्यक्ष रामप्रित महतोको अगुवाईमा चुलो वितरण …

पुरा पढ्नुहॊस »

जनता बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेसनबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । जनता बैंक नेपाल लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडबीच बैंकास्योरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र लाइफ इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता पश्चात बैंकका ग्राहकहरुले जुनसुकै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् …

पुरा पढ्नुहॊस »

जडिबुटीमा ट्रिपरले ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको जडिबुटीमा ट्रिपरले मोटरसाइललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ८७२५ नम्बरको ट्रिपरले बा ८५ प ७१६ नम्बरको   मोटरसाईकललाई पछाडिबाट ठक्कर दिँदा भक्तपुर सल्लाघारीका १८ वर्षीय रोयल सुवेदीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीको त्रिवी शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाइएको छ ।  

पुरा पढ्नुहॊस »