रुसी सेनामा भर्ती भएका प्रितम राईको मृत्यु

काठमाडौं । रुसी सेनामा भर्ती भएका प्रितम राईको मृत्युको छ । भोजपुरको पौवादुङमा गाउँपालिका-३, च्याङ्ग्रे औलियाका राईको मृत्यु भएको हो ।

प्रितम करिब ६ महिनाअघि रुसी सेनामा भर्ती भएका थिए । तर, गत मार्च महिनामै सैनिक हमलामा परी उनको मृत्यु भएको खबर झण्डै डेढ महिनापछि अर्थात् गत वैशाख २२ गते परिवारले पाएको थियो । उनको मृत्युले यतिबेला सिंगो औलिया गाउँ नै शोकमा डुबेको छ।

२०४४ साल वैशाख १ गते माइलो छोरोको रूपमा जन्मिएका प्रितम सानैदेखि मिलनसार र सहयोगी थिए । उनका जेठा दाजु किरण राई सोही पौवादुङमा गाउँपालिकाका अध्यक्ष पनि हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भ्रमपूर्ण विज्ञापनमा विज्ञापन बोर्डको ‘एक्सन’

काठमाडौं । विज्ञापन बोर्डले सामाजिक सञ्जाललगायत विभिन्न माध्यममा भ्रमपूर्ण विज्ञापन हुने गरेको जनाएको छ । …

प्रतिकृया दिनुहॊस