काठमाडौंका मुख्य स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार जोरपाटी वितरण केन्द्रको मुलपानी फिडर र डांछी फिडर तथा रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडर अन्तर्गत पर्ने विभिन्न स्थानहरूमा बिजुली काटिने भएको हो ।

ती स्थानहरूमा लाइन सिफ्टिङ तथा केबल परिवर्तनका लागि फिडर सटडाउन गर्नुपर्ने भएकाले विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार जोरपाटी वितरणक केन्द्रको मूलपानी फिडर अन्तर्गत बाबाचोक, मूलपानी चउर, मिलन चोक, फुयाल गाउँ, तिवारी टोल, गोकर्ण फरेस्ट रिसोर्ट, थली लगायतका स्थानमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरूद्ध हुनेछ ।

त्यस्तै डांछी फिडर अन्तर्गतका शिवचोक, अर्याल गाउँ, दक्षिणढोका, होटल नोर्लिङ,ग्रिनहिल सिटी लगायतका क्षेत्रमा बिहान १० बजेदेखि मध्याह्न साढे १२ बजेसम्म विद्युत अवरूद्ध हुनेछ । रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडर अन्तर्गत पर्ने पानीट्यांकी, अनामनगर पूर्वी गेट हुँदै हनुमानस्थान, सिंहदरबार दक्षिणगेट हुँदै अन्नपूर्ण न्युरो अस्पताल, प्रभु बैंक अगाडि धोवीखोला हुँदै सेतोपुल, मैतीदेवी जालीकारखाना, घट्टेकुलो, गोरखा एफएम लगायतका क्षेत्रमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।

निर्धारित समयअघि नै काम सम्पन्न भएको खण्डमा तोकिएको समयअघि नै विद्युत् सेवा सुरू हुने प्राधिकरणले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

२८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको लक्ष्य प्राप्तिका लागि तत्काल पीपीए खुला गर्नुपर्छ : अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले विद्युत उत्पादनको लक्ष्य हासिल गर्न सरकारलाई तत्काल विद्युत खरिद सम्झौता (पीपीए) खुला गर्न आग्रह गरेका छन् । इप्पानको २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले २८ हजार ५ सय मेगावाट उत्पादनको महत्वाकांक्षी लक्ष्य पूरा गर्नका लागि विद्युत विधेयकमा आवश्यक संशोधन गर्नुपर्नेमा जोड दिएका हुन् ।

प्रतिकृया दिनुहॊस