संसद्को अघिल्लो दिन कांग्रेस संसदीय दलको बैठक, के-के छन् एजेन्डा ?

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । शुक्रबार सुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

बैठक संसद् भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्ने भएको छ । बर्खे अधिवेशन पनि भनिने बजेट अधिवेशनको पहिलो बैठक वैशाख २८ गते दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्दैछ ।

यस्तै सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग उठाउँदै अघिल्लो अधिवेशनमा कांग्रेसले संसद्मा विरोध जनाएको थियो । सो विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चौथो पटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँदैछन् । आज बस्ने संघीय संसद् प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने भएका हुन् ।

प्रतिकृया दिनुहॊस

This will auto close after