सिटिजन्स बैंक र पानस रेमिटबीच रेमिटेन्स सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पानस रेमिट प्रा. लि.बीच रेमिटेन्स सम्झौता भएको छ । बैंकले युरोप लगायत अन्य मुलुकबाट नेपालमा बैंकिङ्ग प्रणालि मार्फत पठाएको विप्रेषण रकम भुक्तानी दिने उद्देश्यले उक्त रेमिटबीच सम्झौता गरेको हो ।

उक्त सम्झौता पत्रमा बैंकका प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले तथा पानस रेमिटका प्रमुख कार्यकारी अधिकृत धर्मराज पौडेलले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता बमोजिम अब पानस रेमिट मार्फत युरोप, अमेरिका, अस्ट्रेलिया र मध्यपूर्वी देशहरुबाट नेपालमा पठाएको विपे्रषण रकम नेपालीहरुले यस बैंकको जुनसुकै शाखाबाट सहज रुपमा भुक्तानी पाउन सक्नेछन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल वेयरहाउजिङ कम्पनीको कारोबार सञ्चालनमा

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीले दुई अलग- अलग स्थानमा वेयरहाउजिङ्ग सञ्चालनमा ल्याएको छ । कम्पनीले …

प्रतिकृया दिनुहॊस

This will auto close after