news

अन्नपूर्ण दैनिकको प्रधान सम्पादकमा हरि थापा

काठमाडौं।अन्नपूर्ण राष्ट्रिय दैनिकको प्रधान सम्पादकमा पत्रकार हरि बहादुर थापा नियुक्त भएका छन्।  मंगलवार मात्र थापालाई अन्नपूर्णको व्यवस्थापनले प्रधान सम्पादकको रुपमा नियुक्त गर्ने निर्णय गरेको थियो। कान्तिपुर दैनिकका सम्पादक रहेका थापाले केहि दिन अघि मात्र कान्तिपुरबाट अलग भएका थिए । अन्नपूर्णका वर्तमान सम्पादक राजाराम गौतमले भने प्रधान सम्पादकमा थापा आए लगत्तै न्यूज रुपमा आफ्नो जिम्मेवारीबाट अलग भएको जनाउ दिएर बाहिरिएका थिए।

पुरा पढ्नुहॊस »

पूर्वसांसद जोशीको निधन

काठमाडौं । कांग्रेस नेता एवं पूर्वसांसद् कृष्णकुमार जोशीको निधन भएको छ । बैतडीको मेलौली नगरपालिकाको सलेना घर भएका जोशीको ७३ वर्षको उमेरमा मंगलबार काठमाडौंमा निधन भएको नेपाली काँग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दले जानकारी दिए। २०३४ सालमा कांग्रेस बैतडीको सभापति भएका जोशी ०४४ मा पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । ०४८ को प्रतिनिधिसभा निर्वाचनमा उनी बैतडी क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए  । स्व. जोशीका  २ छोरा र ३ छोरी छन् । …

पुरा पढ्नुहॊस »

मालपोत पर्साका सुचना अधिकारीद्धारा पत्रकार मिश्रा सँग दुव्र्यवहार

वीरगञ्ज । मालपोत कार्यालय विरगञ्जका सुचना अधिकारी कमोद तिवारी तथा उनका आसेपासे लेखनदास लगायतकाहरुले सुचना माग गरेकोमा बीरगंजबाट प्रकाशन हुने स्थनिय सिहं दैनिक पत्रिकाका सह सम्पादक निरञ्जन मिश्र सँग अभद्र व्यवहार गरेका छन् । २०७५र४र६ गते जिल्ला मालपोत कार्यालय पर्साबाट लिखित सुचना कार्यालयका सुचना अधिकारी कमोद तिवारीसँग माग गर्दा निजले दिनहु आलटाल गर्दै आएका तिवारीले आज आफ्ना आसेपासे लेखनदास शम्भु मिश्रा लगायतका हरुलाई बोलाई धाक धम्की दिनुका साथै अभद्र व्यवहार …

पुरा पढ्नुहॊस »

हुम्लाका बालबालिकाको सहयोगार्थ दौड सम्पन्न

काठमाडौं । वानेश्वर स्थित हामी मद्दत गर्छौं संस्थाको आयोजनामा दौड प्रतियोगिता सम्पन्न भएको छ । ललितपुरको नक्खुदेखि काठमाडौँको कोटेश्वरसम्म भएको दौडमा ललितपुर जिल्लाका प्याव्सनमा आवद्ध विभिन्न ३० बिद्यालयका करिब ३ सय बिद्यार्थीहरुको सहभागितारहेको थियो । दौड प्रतियोगितामा पुरुप तर्फ प्रथम निर्मल स्कुलका अभिसेक पाचकोटी, द्धितिय सांग्रिला मा. वि. का आवाज पुन मगर र तृतिय निर्मल स्कुल कै पृथ्वि शाही भए ।  त्यसै गरिमहिला तर्फ प्रथम बालकुञ्ज स्कुलकी पुर्णिका लामा, द्धितिय विलिय पव्लिक स्कुलकी बोञ्जना खड्का र तृतिय तोरण नवजिवन स्कुलकी आस्था थापा हुन सफल भइन । म्याराथुनमा विजयी छात्रछात्रालाई युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले शिल्ड, प्रमाण र मेडल प्रदान गरेका थिए । हुम्लाको ठेहे स्थित श्री रामदेव माध्यामिक बिद्यालयमा शैक्षिक सामाग्री तथा पुस्तकालय स्थापना गर्ने उद्देश्य अनुरुप प्रतियोगिताको आयोजना गरिएको हामी मद्दत गर्छौंसंस्थाका अध्यक्ष अजय अधिकारीले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका युवा परिषदका कार्यकारी उपाध्यक्ष ढुंगेलले हुम्लाका बालबालिकाहरुको हितमा दौड आयोजना भएको प्रति आयोजक संस्थालाई धन्यबादसमेत दिए । प्रतियोगिता समृद्धि कलेज, हिमालय कलेज, अक्सब्रिज कलेज, कल्याणका किरण, प्याव्सन ललितपुर लगायत विभिन्न संघ संस्थाहरुको सहकार्यमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपालका पहिलो अन्तर्रािष्ट्रय म्याराथुन खेलाडी जित बहादुर के.सीका साथै बिभिन्न कलेजका प्राचार्यहरुको समेत उपस्थिती रहेको थियो ।

पुरा पढ्नुहॊस »

प्रारम्भिक बाल विकासलाई प्रमुख प्राथमिकता दिनुपर्ने

गमगढी । “प्रारम्भिक बाल विकासमा लगानी, दिगो राष्ट्र विकासको थालनी”को मूल नारा दिएर मुगु जिल्लामा प्रारम्भिक बालविकास केन्द्रका सहजकर्ताहरुका लागि पाँच दिने अभिभावक शिक्षा तालिम सम्पन्न भएको छ । तालिममा प्रारम्भिक बाल्यावस्थाका बालबालिकाहरुको सर्वांगीण विकासका लागि नव दम्पत्ति, गर्भपती महिला, अभिभावक, तथा स्याहारकर्ताहरुमा जनचेतना जागरण गर्ने, उपयुक्त तरीकाले उत्प्रेरणावर्धक वातावरणमा बालबालिका हुर्काउने र उनीहरुको आत्मविश्वास बढाउनमा अभिभावक तथा स्याहारकर्ताहरुको भूमिकालाई सक्रिय बनाउने विषयवस्तु समेटिएका कुरा तालिमका प्रशिक्षक शशी वि.सी. ले …

पुरा पढ्नुहॊस »

स्मार्ट सिटीबारे छलफलसहित KCC exhibit 2018 सम्पन्न

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सूचना प्रविधिमा अग्रणी कलेज यस कान्तिपुर सिटी कलेज (केसीसी)को सफ्टवेयर अनुसन्धान र विकास केन्द्र (सीएसडीआर)को आयोजनामा KCC exhibit 2018  सम्पन्न भएको छ । नवीनता, एकीकृतता र दीगोपन मूल नारा रहेको उक्त प्रदर्शनीमा स्मार्ट शहरबारे “दीगो विकासका लागि स्मार्ट सिटी” शीर्षकको एक गोष्ठीबीच छलफल गरिएको थियो । प्रदर्शनीमा इको–स्मार्ट सिटीको नमूना, अटोमेटिक स्मार्ट ट्राफिक लाइट लगायत सूचना प्रविधि, इलेक्ट्रोनिक्स र सिभिल इन्जिनियरिङ्गका ४५ वटा नवीन …

पुरा पढ्नुहॊस »

बिराटनगरको भारतीय ‘क्याम्पअफिस ’ आजदेखि बन्द

काठमाडौं ।  बिराटनगरमा भारतले एक दशकदेखि अवैधानिकरुपमा सञ्चालन गरिरहेको ‘क्याम्प अफिस’ आजदेखि बन्द गरेको छ । भारतले १० वर्षअघि नेपाल सो कार्यालय स्थापना गरेको थियो । नेपल सरकारले पटक पटक कार्यलय हटाउन आग्रह गरेको थियो । काठमाडौंस्थित भारतीय दूतावासले विज्ञप्ति जारी गरेर अगस्ट १ देखि बिराटनगरको क्याम्प अफिसले गर्दै आएका सबै काम काठमाडौंस्थित दूताबासबाटै हुने स्पष्ट गरेको छ । सप्तकोशीको बाँध फुटेपछि त्यसैको बाहनामा ०६५ भदौ ४ गते भारतले क्याम्प अफिस खडा गरेको …

पुरा पढ्नुहॊस »

१०१ जना सवार विमान मेक्सिकोमा दुर्घटना

काठमाडौं । मेक्सिकोमा १०१ जना सवार विमान दुर्घटनामा परेको छ । मेक्सिकोको दुरंगो ग्वादालुपे भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलबाट मेक्सिको सिटीतर्फ उडेको विमान दुर्घटना भए पनि मानवीय क्षति हुनबाट भने जोगिएको छ । उडेको ५ मिनेटमै दुर्घटनामा परेको विमानका ८५ जना यात्रु घाइते भएको जनाइएको छ । घाइतेमध्ये २ को अवस्था गम्भीर छ । विमानमा ९७ यात्रु र ४ जना चालक दलका सदस्य सवार थिए । दुरंगो राज्यका गभर्नर जोसे एस्पुरोले एक …

पुरा पढ्नुहॊस »

पोखरामा कांग्रेसको शक्ति प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार देशभरी नै विरोध प्रदर्शन गरिरहेको छ ।  नेपाली कांग्रेसले पोखराको चिप्लेढुंगामा सरकारविरुद्ध प्रर्दशन गरेको छ । पृथ्वीचोकदेखिे विरोध र्‍याली सुर गरी चिप्लेढुंगामा आएर कोण सभा गरेको छ । जुलुसका सहभागीले कम्युनिष्ट सर्वसत्तावाद मुर्दावाद, उखान तुक्का बन्द गर, मूल्य बृद्धि फिर्ता गर लगायतका नाराहरु लगाएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागे । नेपाली चेलीमाथि …

पुरा पढ्नुहॊस »

आज खिर खाने दिन ,के छ यसको महत्व ?

काठमाडौं । आज  साउन १५ अर्थात् खीर खाने दिन। नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकाले कृषकहरूले धान रोपेर काम सकेपछि खुसीयाली स्वरूप खीर खाने परम्परा रहँदै आएको मानिन्छ। पूजाआजा, अर्चना, श्राद्ध, विहे, वर्तबन्ध अनि कुनैपनि हिन्दू रीतितिथी मिल्दो संस्कार सम्पन्न गर्दा खिर एउटा अपरिहार्य परिकारको रूपमा नेपालीहरूबिच लोकप्रिय पकवान हो । खीरमा सुख्खा फल मिसाउँदा भिटामिन, खनिज जस्ता तत्व पाउन सकिन्छ।  यसलाई नेपाली समाजमा मीठो र …

पुरा पढ्नुहॊस »