news

धरानका मेयर तारा सुब्बाको निधन

धरान । धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधन भएको छ। मंगलबार दिउसो १ बजे ५२ वर्षीय सुब्बाको उपचारका क्रममा धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको हाे । निमोनिया भएका कारण उनी एक महिनादेखि काठमाडौंमा उपचार गराइरहेका थिए। उनको मिर्गौला समेत प्रत्यारोपण गरिएको थियो। उपमहानगर प्रमुख सुब्बाको फोक्सोमा पनि इन्फेक्सन देखिएको चिकित्सकले बताएका छन्। पार्टीको नगर कमिटि सदस्य उपसचिव, कार्यवाहक सचिव तथा सचिव हुँदै पार्टीमा बहुपदीय प्रणाली शुरु भएपछि पनि सुब्बा …

पुरा पढ्नुहॊस »

डा. केसीको अवस्था झन् जटिल, दोस्रो वार्ता पनि विफल

काठमाडौँ । १८ दिनदेखि जुम्लाको खलङ्गामा अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था झनै जटिल बन्दै गएको छ । अनशन लम्बिएपछि केसीको शरीरमा विभिन्न असामान्य किसिमका गतिविधिहरु हुने क्रम बढेकाे छ । त्यसकारण जुनसुकै बेला मुटुको चाल बन्द हुन सक्ने चेतावनी चिकित्सकहरुले दिएका छन् । केसीलाई छातीमा पीडा भएर श्वास फेर्न गाह्रो भएपछि सहयोगका लागि आग्रह गरेका थिए । त्यसपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिकल टिमले जाँच गर्दा केसीको शरिरको …

पुरा पढ्नुहॊस »

रिलायन्स फाइनान्सको संस्थापक सेयर लिलामीमा

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको संस्थापक सेयर लिलामी हुने वतार्इएकाे छ । निष्कासन गर्दा बिक्री नभएको ३ लाख १ हजार २७४ कित्ता संस्थापक खरिदका लागि साउन ८ गते बोलपत्र पेश खुला हुने वतार्इएकाे छ । अन्तिम मिति साउन १६ गतेलाई तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ । न्युनतम १ हजारदेखि सबै खरिदका लागि बोलपत्र पेश गर्न सकिने सनराइजले जानकारी दिएको छ ।

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकको अध्यक्षमा सुदिप आचार्य, सञ्चालकमा ६ जना नियुक्त

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको अध्यक्षमा सुदिप आचार्य नियुक्त भएका छन् । बैंकको गत सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले आचार्यलाई साे पदमा नियुक्त गरेको हो । कम्पनीको ११औँ वार्षिक साधारणसभाले संस्थापक र साधारण समूहबाट गरी ६ जनालाई सञ्चालकमा निर्वाचित गरेको छ । सभाले संस्थापक समूहको अन्तर्गत ३ जना संचालकहरु सुदिप आचार्य, भिमप्रसाद तुलाचन र चतुराखर अतिकारी निर्वाचित भएका छन् । यसका साथै सर्वसाधारण समूह अन्तर्गत ३ जना संचालकहरु …

पुरा पढ्नुहॊस »

एनसेलद्धारा दुरसञ्चार सेवा शुल्क समायोजन, ल्यायो आर्कषक नयाँ भ्वाइस तथा डेटा प्याक

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले यहि मंगलबारबाट आफ्ना सम्पूर्ण मूल्यमा नेपाल सरकारले दुरसञ्चार सेवा शुल्कमा हालै गरेको परिमार्जन अनुरुप नयाँ दुरसञ्चार सेवा शुल्क दर लागु हुने घोषणा वताएकाे छ । नयाँ करको दर कार्यान्वयन गर्ने क्रममा एनसेलले विभिन्न सेवाहरुमा लाग्दै आएको कर अघिको मूल्यमा कुनै परिवर्तन गरेको छैन । यसका साथै डेटा तथा भ्वाइस सेवामा आफ्ना ग्राहकलाई सुलभ रुपमा थप मूल्य प्रदान गर्न कम्पनीले नयाँ योजना पनि ल्याएकाे छ। दुरसञ्चार …

पुरा पढ्नुहॊस »

गुणस्तरहिन सडक भत्काईदिन पोखरियाका नगरप्रमुख रौनियारको आग्रह

पोखरिया, आषाढ ३२ – पोखरीया नगरपालिका मेयर दिपनारायण रौनियारले उपभोक्ता वा ठिकदारले बनाएको कुनैपनी सडक वा नाला गुणस्तरहिन भए स्थानीयवासिहरु आफैले भत्काईदिन आग्रह गरेका छन् । सहयोगी नेपाल पर्साको आयोजना तथा पोखरीया नगरपालिकाको सहयोगमा आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा बोल्दै मेयर रौनियारले विकासको कुनैपनी काममा सम्झौता नगर्ने भन्दै जनताको शासनमा गुणस्तरहीन काम गर्ने कोहिपनी ठिकदार वा उपभोक्ता समिति नगरपालिकाको कार्वाहीबाट पन्छीन नसक्ने बताएका थिए । नगरपालिकाले ५ वर्षे योजनामा १० वटै वडालाई …

पुरा पढ्नुहॊस »

लायन्स कल्ब अफ वीरगंज सेन्ट्रल सिटि वर्ष २०१८-१९ को अध्यक्षमा गुड्डी जोशी चयन

वीरगंज । लायन्स कल्ब अफ वीरगंज सेन्ट्रल सिटिको वर्ष २०१८-१९ को नयाँ कार्यसमितिको सभापतिमा गुड्डी जोशीलाई चयन गरिएको छ । वीरगंजको नगरसभा गृहमा आयोजित कार्यक्रममा जोशीलाई वर्ष २०१८-१९ को लागि सभापतिमा चयन गरिएको निवर्तमान सभापति लायन विजया ओझैयाले घोषणा गर्दै पद हस्तान्तरण गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स कल्बका पिएमसिसि लायन रमेश अग्रवालले लायन्स क्लब अफ वीरगज सेन्ट्रल सिटीले विगतमा झैं सामाजिक सेवामा लायन्सको गरिमालाई अझै उच्च बनाउने अपेक्षा आफुहरुले लिएको …

पुरा पढ्नुहॊस »

धोवनीका मृत्क परिवारले पाए प्रदेश सरकारवाट  क्षतिपुर्ति स्वरुप ५० हजार 

पर्सा । वाढीका कारण छोरा गुमाएका पर्सा धोवनी गाउँपालिका वडा न. २ असवारी टोलका धामु यादवलाई प्रदेश सरकारले राहत स्वरुप ५० हजार रुपैया प्रदान गरेको छ । वाढी पहिरोका मृतक परिवारलाई नगद ५० हजार रुपैया उपलब्ध गराउँने प्रदेश न. २ को सरकारले घोषणा गरेको थियो ।  प्रदेश न. २ सरकारको तर्फबाट प्रदेश सभा सदस्य सिहासन साह कलवारले पहिलो पटक पर्साका मृत्क परिवारलाई राहत स्वरुप ५० हजार रुपैया हस्तनान्तरण गरेका छन् । …

पुरा पढ्नुहॊस »

डा. गोविन्द केसी पक्ष र सरकारी वार्ता टोलीबिच वार्ता हुँदै

काठमाडौँ । जुम्लामा अनशनरत डा. गोविन्द केसी पक्ष तथा सरकारी वार्ता टोलीबिच शिक्षा मन्त्रालयमा अहिले वार्ता भइरहेको छ । सरकारले गठन गरेको टोली र डा. केसी पक्षबिच हिजाे राति भएको वार्तामा कुनै सहमति जुटेन । मंगलबार बिहान दोस्रो वार्ता सुरु भएको हो ।  

पुरा पढ्नुहॊस »

विश्वकपको ५ करोड ६० लाख आम्दानी एम्बाप्पेले दान गर्ने

एजेन्सी । यसपटककाे विश्वकप फ्रान्सले जितेकाे छ । फ्रान्सका स्ट्राइकर केलियन एम्बाप्पेले विश्वकपमा भएको सबै कमाई एक च्यारिटी संस्थालार्इ दान गर्ने भएका छन् । योङ्ग प्लेयर अफ द विश्वकपको उपाधि जितेका एम्बाप्पेले पुरै प्रतियोगितामा चार गोल गरेर उपाधि जिताउन महत्वपूर्ण भूमिका खेले । स्ट्राइकर एम्बाप्पेले विश्वकपमा करिब ५ करोड ६० लाख रूपैयाँ आम्दानी गरे । उनले यतिका पैसा अस्पतालमा उपचाररत र अपाङ्गता भएका बालबालिकालार्इ दान गर्ने भएका हुन् । यो पैसा …

पुरा पढ्नुहॊस »