घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

तेजाबी सुनको भाउ पनि ८ सय रुपैयाँले नै घटेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ३४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ १० रुपैयाँ प्रतितोलाका दरले बढेको छ । यस दिन चाँदी तोलामा १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप