news

‘नाईं नभन्नू ल ५’ को शिर्ष गीत सार्वजनिक

चलचित्र ‘नाईं नभन्नू ल ५’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । बसन्त पापकोटाको संगीत रहेको नाईं नभन्नू ल गीतमा मेलिना राईको स्वर तथा दिनेश थपलियाको शब्द छ । झापा र इलाममा छायाँकन गरिएको यो गीतको भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । छायाँकन पुरुषोत्तम प्रधानको छ । विकासराज आचार्य निर्देशित फिल्म ‘नाईं नभन्नू ल ५’ भदौ ८ गतेदेखि प्रदर्शनमा आउँदैछ । चलचित्रमा स्वस्तिमा र अभिषेकसँगै अनुभव रेग्मी, सेड्रिना शर्मा, प्रियंका …

पुरा पढ्नुहॊस »

सगुनको मिनी आईपीओमा लगानीको अन्तिम अवसर जुलाई २६सम्म

वासिङ्टन डीसी । सगुनको मिनी आईपीओमा लगानी गर्ने म्याद साउन १० अर्थात २६ जुलाई सम्म रहने छ । आफ्ना प्रयोगकर्ताहरुलाई कनेक्ट, शेयर, तथा अर्न गर्न मद्दत गर्ने सोसल कमर्स प्लेटफर्म सगुनमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुले अमेरिकाको पूर्वी तटीय क्षेत्रको समय अनुसार जुलाई २६ को मध्यरात सम्ममा आवेदन दिनुपर्नेछ । यहि अवधिमा सगुनमा लगानी गर्ने आफ्ना लगानीकर्तालाई बोनस शेयर उपलब्ध गराउने यहि अवसरमा घोषणा गरेको छ। मिनी आइपिओमा लगानी गर्ने समय …

पुरा पढ्नुहॊस »

कानुनमन्त्री शेरबहादुर तामाङले पदबाट दिए राजीनामा

काठमाडौं । कानुनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् । आज पत्रकार सम्मेलन गरी औपचारीक रुपमा राजिनामा दिएका हुन । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि तामाङले मंगलबार राजीनामा दिएका हुन् ।

पुरा पढ्नुहॊस »

कानुनमन्त्री शेरबहादुर तामाङ पत्रकार सम्मेलनमै रोए

काठमाडौं । कानुनमन्त्री शेरबहादुर तामाङ पत्रकार सम्मेलनमै रोएका छन्। कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आफूले गरेका काम कारवाहीबारे जानकारी दिन र राजीनामाको घोषणा गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनी भावुक देखिए । मन्त्री तामाङले चाबहिलस्थित प्राक्सिस इन्टरनेशनल एकेडेमीमा एसईई उत्तीर्णलाई गरिएको सम्मान कार्यक्रममा  बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरेका नेपाली छात्राहरुले आफ्नो अस्मिता नबेची प्रमाणपत्र नपाउने गरेको बताएपछि उनको सर्वत्र आलोचना भएपछि मन्त्री तामाङले आज राजीनामा दिँदैछन्।

पुरा पढ्नुहॊस »

कानुनमन्त्री तामाङको राजिनामाबारे पत्रकार सम्मेलन हुँदै

काठमाडौं । कानुन मन्त्री शेरबहादुर ताममाङले पत्रकार सम्मेलन गरी पदबाट राजिनामा दिने या नदिने भन्नेबारे पत्रकार सम्मेलन गरीरहेका छन् ।अहिले भईरहेको पत्रकार सम्मेलनले राजिनामा बारे निष्कर्ष दिनेछ ।  

पुरा पढ्नुहॊस »

अपहरित ९ वर्षे बालकको हत्या

काठमाडौं ।  बारामा १५ लाख रुपैयाँ फिरौती लिएर पनि एक बालकको हत्या गरिएको छ । जितपुर सिमरा उपमहानगरपालिका  ७ जितपुर बजारका व्यापारी ललनप्रसाद गुप्ताका  ९ वर्षीय छोरा अंकितको अपहरणपछि १५ लाख रुपैयाँ फिरौती लिएर  हत्या गरिएको  हो । बालक डेढ महिना अघि साथीको घरमा खेल्न गएका बेला अपहरणमा परेका थिए । अंकितको शव पर्साको गण्डक नहरमा बोरामा कसेर फालिएको अवस्थामा फेला परेको बारा प्रहरीले जनाएको छ । अपहरणमा परेको  केहि दिनपछि डेढ करोड भारु फिरौती माग गरिएको …

पुरा पढ्नुहॊस »

नेपाल बैंकले कमायो तीन अर्ब

काठमाडौं ।  नेपाल  बैंक लिमिटेडले आर्थिक वर्ष २०७४।७५मा तीन अर्ब ३९ करोड ९७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा नौ दशमलव ०३ प्रतिशत बढी हो । गत आवमा बैंकले ब्याज आम्दानी बढाएर ६ अर्ब ३६ करोड ५९ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको ब्याज आम्दानी ५ अर्ब ७८ करोड ८२ लाख रुपैयाँ थियो । एक वर्षमा बैंकले ४८ करोड …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकले साउन १५ देखि एफपिओ निष्काशन गर्ने

काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले साउन १५ गतेदेखि एफपिओ निष्काशन गर्ने भएको छ । बैंकले ९ करोड २७ लाख रुपैयाँ बराबरको ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ बिक्रि गर्न लागेको हो। बैंकले एक सय अंकित मुल्यमा प्रिमियम थप गरेर प्रति कित्ता २०० रुपैयाँमा एफपीओ बिक्रि गर्ने छ । बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। लगानीकर्ता छिटोमा साउन १८ गतेसम्म र त्यस अवधिमा माग अनुसारको …

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंक र सानिमा बैंकबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र सानिमा बैंकबीच सम्झौता सम्पन्न भएको छ । गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक माधवप्रसाद उपाध्याय र सानिमा बैंक लिमिटेडको तर्फबाट चिफ फाईनान्स अफिसर सरोज गुरागांईले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यस सम्झौता अनुसार सानिमा बैंकका देशभर सञ्चालनमा रहेका  शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम भूक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिन्छ ।

पुरा पढ्नुहॊस »

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस प्रकार रहेको छ ।         2018_7_ 24                       Currency                                           Buy                         Sell

पुरा पढ्नुहॊस »