अझै तीन दिन देशभर वर्षा हुने

काठमाडौँ । अझै तीन दिनसम्म देशभरिका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । महाशाखाले तीन दिनको मौसम पूर्वानुमानबारेकाे विज्ञप्ति जारी गरेर देशभर हल्कादेखि मध्यम खालको वर्षा हुनुका साथै पूर्वका केही स्थानमा  भारी वर्षा हुनसक्ने सम्भावना देखाएकाे छ ।

माैसम विज्ञान विभागका अनुसार राति देशको मध्य तथा पश्चिमी भूभागका केही स्थानमा र पूर्वका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

गएकाे २४ घण्टामा काठमाडौँ उपत्यकामा भारी वर्षा भएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार बिहिबार काठमाडौँमा सबैभन्दा बढी ९३.६ मिलिमिटर वर्षा भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री