यी २३ कम्पनीलाई दिइयो कालोसूचीमा राख्ने चेतावनी

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ । कार्यसम्पादन चित्तबुझ्दो नभएका २३ ठेकदार कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्नुअघि ७ दिने लिखित स्पष्टीकरण सोधिएकोहो ।

यसअघि कालोसूचीमा राख्न नपर्ने आधारहरू भए ३० दिनभित्र जवाफ पेश गर्न भनिएपनि कुनै प्रतिक्रिया नआएपछि कार्यालयले कालोसूचीमा राख्ने प्रक्रियाका लागि अन्तिम पटक स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ । कार्यालयले कालोसूचीमा राख्न प्रक्रिया सुरु गरेकामध्ये सुमन न्यौपानेको चन्द्रसूर्य निर्माण सेवालाई दोहोरो स्पष्टीकरण सोधिएको छ ।

काठमाडौं बुद्धनगरमा रहेको उक्त ठेकेदार कम्पनीलाई प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको सार्वजनिक निर्माण कार्यान्वयन इकाई भैंसेपाटी र गजुरी, धाडिङले गरेको सिफारिसका आधारमा चन्द्रसूर्यलाई कालोसूचीमा राख्न स्पष्टिकरण सोधिएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भ्रमपूर्ण विज्ञापनमा विज्ञापन बोर्डको ‘एक्सन’

काठमाडौं । विज्ञापन बोर्डले सामाजिक सञ्जाललगायत विभिन्न माध्यममा भ्रमपूर्ण विज्ञापन हुने गरेको जनाएको छ । …

प्रतिकृया दिनुहॊस