news

सिद्धार्थ बैंकको एकैपटक ६ नयाँ शाखा

काठमाडौं । सिद्धार्थ बैंकले एकैसाथ ६ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले कैलालीको अत्तरीया, बाँकेको खजुरा, दाङ्गको लमही, बाराको देवताल, चितवनको भरतपुर र कास्कीको लेखनाथमा गरी एकैपटक ६ वटा शाखा सञ्चालनमा ल्याएको हो ।  यी शाखाहरुको सञ्चालन सँगै स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, उद्यमशिलताको वृद्धि जस्ता आर्थिक गतिविधि बढ्ने विश्वास बैंकले लिएको छ ।

पुरा पढ्नुहॊस »

नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाएपछि सडक दुईतर्फी  सञ्चालनमा आएको छ ।मंगलबार बिहान  ठाउँ ठाउँमा पहिरो खसेपछि अवरुद्ध बन्न पुगेको सडक पहिरो हटाएपछि पुनः सञ्चालनमा आएको हो । सो क्षेत्रमा सडक विस्तारको क्रममा रहेकाले सामान्य पानी आउने बित्तिकै पहिरो खस्ने गरेको छ ।

पुरा पढ्नुहॊस »

फर्सीका फाइदाहरु

फर्सी मिठो र बजारमा सजिलै उपलब्ध हुने तरकारी हो । फर्सीमा प्रशस्त मात्रामा पाइने खनिज र भिटामिनले हाम्रो शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न मद्दत गर्छ । फर्सी मात्र नभएर यसको बियाँ र मुन्टा पनि पोषक तत्वका हिसाबले उत्कृष्ट मानिन्छ । फर्सीमा पाइने पोटासियमले शरीरमा रक्तचापको सन्तुलन मिलाउन र हड्डीलाई मजबुत राख्न सहयोग गर्छ । फर्सीमा ‘भिटामिन ई’ र ‘सी’ पनि पाइन्छ, जसले शरीरलाई धेरै फाइदा गर्छ ।       …

पुरा पढ्नुहॊस »

सिटिजन लाइफले विद्यार्थीलाई बीमा एजेन्ट हुँदै विज्ञ बनाउने

काठमाडौं । सिटिजन लाइफ   इन्स्योरेन्सले  विद्यार्थीसँग बीमा अभियान शुरु गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम आन्तर्गत सिटिजन लाइफले बीमा सम्बन्धि जनचेतना अभिबृद्घि गराउने उद्देश्यका साथ विद्यार्थीसँग बीमा अभियान सुरु गरेको बताएको छ । भृकुटीमण्डमा एक कार्यक्रमका बीच सिटिजन लाइफ इन्स्योरेन्सका ब्राण्ड एम्बेसडर बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ तथा सिटिजन लाइफ इन्स्योरेन्स्का प्रमुख कार्यकारी अधिकृत पोषक पौडेलले अभियानको संयुक्त रुपमा शुभारम्भ गरेका छन् । नेपालमा बीमाको जनचेतनाको मात्रा कम रहेको र …

पुरा पढ्नुहॊस »

पाँचथरमा जीप दुर्घटना : १ को मृत्यु ,९ घाइते

काठमाडौं । पाँचथरमा मंगलबार बिहान जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।जिल्लाको याङबर गाउँपालिका ३, चैतेभीरमा मे १ ज २०५१ नम्बरको जीप दुर्घटना हुँदा च्याङथापु–१ का कैलाश अधिकारीको मृत्यु भएको  छ । घाइते ९ जनालाई अस्पताल लगिएको  छ ।जीपमा चालकसहित १० जना सवार थिए ।

पुरा पढ्नुहॊस »

पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन । वर्षासँग झरेको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी सुशीलसिंह राठौरका अनुसार मंगलबार बिहान पौने चार बजे घुमाउनेमा ठूलो पहिरो खसेर सडक अवरुद्ध बनेको हो । सो स्थानमा पानी परिरहेको कारण अहिले पहिरो पन्छाउने समेत समस्या भएको उनले बताए । ‘पानी केही कम हुनासाथ पहिरो हटाउन थाल्छौं, प्रहरी, उपकरण र आयोजनाका कामदारहरु सो स्थानमा पुगिसकेका छन्,’ एसपी राठौरले भने, ‘पहिरो हटाएर सडक …

पुरा पढ्नुहॊस »

नेप्सेको सिइओमा अर्याल नियुक्त, साउद भने बर्खास्त

काठमाडौं । साेमबार सरकारले अर्थ मन्त्रालयका उपसचिव रमेश अर्याललाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । सरकारले नियुक्त गरे लगत्तै उनले पदभार ग्रहण गरेका छन् । अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयले उपसचिव अर्याललाई सीईओको जिम्मेवारी दिएको उल्लेख गरेकाे छ ।                   अनलाइन प्रणाली कार्यान्वयन गर्न लागिएको समयमा नेप्सेमा प्रमुख कार्यकारी परिवर्तन भएको हो । प्रमुख कार्यकारी …

पुरा पढ्नुहॊस »

हिमालयन बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । हिमालयन बैंक लिमिटेड तथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता सम्पन्न भएको छ । साे सम्झौता अनुसार हिमालयन बैंकले लुम्बिनी जनरल इन्स्योरेन्सले प्रदान गर्ने निर्जिवन बीमा सेवा आफ्ना ग्राहकहरुलाई प्रदान गर्ने जानकारी दिएकाे छ । सो सम्बन्धि सम्झौतापत्रमा हिमालयन बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर ज.ब.रा. तथा लुम्बिनी जनरल इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नूरप्रकाश प्रधानले एक समारोहका बीच हस्ताक्षर गरेका छन् …

पुरा पढ्नुहॊस »

कांग्रेस र नेविसंघले उखेल्नु छ–खोक्रो राष्ट्रवादको जरा भनिन्छ इतिहास बिना राजनीतिको जरो हुँदैन

कांग्रेस र नेविसंघले उखेल्नु छ–खोक्रो राष्ट्रवादको जरा भनिन्छ इतिहास बिना राजनीतिको जरो हुँदैन। त्यहि इतिहास रच्न सफल भएको नेपाली कांग्रेस र नेपाल विद्यार्थी संघको योगदानलाई थाँति राख्ने हो भने पनि उसले ल्याएको परिवर्तन र उपलब्धिले बारम्बार नेपाली राजनीति इतिहासको पाना हरकोही नेपालीले पल्टाइ रहन्छन। बीपी कोइरालाले राणा शासनलाई परास्त गरेर २००७ सालमा झुल्काएको प्रजातन्त्रको बिहानी आज लोकतान्त्रिका गणतन्त्रमा पुगेको छ। हामी आज जुन धरातलमा छौं। लोकतान्त्रिक गणतन्त्रको जप गरिरहेका छौं, …

पुरा पढ्नुहॊस »

जनता बैंक र प्रुडेन्सियल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । जनता बैंक नेपाल लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बिके महर्जनले हस्ताक्षर गरेका छन् ।                           यस सम्झौता पश्चात ग्राहकहरुले जनता बैंकको जुनसुकै शाखाहरुबाट बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा …

पुरा पढ्नुहॊस »