महालक्ष्मी विकास बैंक र एनएलजी इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक लि. ले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली स्वरुप जीवन तथा निर्जीवनको बीमा सेवा दिने क्रममा  थप एक बिमा कम्पनी, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स (Bancassurance) सम्बन्धी सम्झौता गरेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यसै सन्दर्भमा महालक्ष्मी विकास बैँक लि. का प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत  सुनिल बल्लब पन्तले बंैकको प्रधान कार्यालय दरबारमार्गमा आयोजित एक समारोह बीच बैंकासुरेन्सको सम्झौता हस्ताक्षर गरे।

सम्झौता अनुसार ग्राहकहरुले महालक्ष्मी विकास बैंक लि. बाट उक्त कम्पनीको निर्जिवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण निर्जिवन बीमा सेवा प्राप्त गर्न सक्नु हुनेछ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ४ लाख ४० हजार भन्दा बढि रहेको छ ।

महालक्ष्मी विकास बैंक लि. को चुक्ता पुँजी रु. २ अर्ब ६३ करोड रहको छ भने बैंकले हालसम्म रु. २६ अर्ब १२ करोड निक्षेप संकलन गरी रु. २१ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । मंगलबार प्रतितोला १ …

प्रतिकृया दिनुहॊस