काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकको सुविधालाई ध्यानमा राखि उपत्यका भित्र तथा उपत्यका बाहिरका शाखा कार्यालयहरुको कारोबार समयावधि बढाएको जानकारी दिएकाे छ । ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकले राजधानी भित्र तथा बाहिरका शाखाहरुमा कारोबारको समय थप गरेर सेवा प्रदान गरेको हो ।
काठमाडौंको राइजिङ मलस्थित केन्द्रिय कार्यालय भवनमा रहेको मुख्य शाखाले स्थापनाकालदेखि नै बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म सेवा दिँदै आएको छ त्यस्तै ठमेल शाखाले पनि साँझ ८ बजेसम्म सेवा दिँदै आएकोे छ । ती शाखाहरुबाट वर्षमा ३६५ दिन नै ग्राहकले सेवा पाउने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।
यसका साथै कलंकी, जावलाखेल तथा न्यूरोड शाखाबाट ग्राहकले बेलुकी ७ बजेसम्म सेवा लिन सक्नेछन् । गोंगबु शाखा बेलुकी ६ बजेसम्म सञ्चालन हुनेछ । उपत्यका बाहिरको जनकपुर शाखाबाट ग्राहकले बेलुकी ७ बजेसम्म र हेटौंडा शाखाबाट बेलुकी ६ बजेसम्म सेवा लिन मिल्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । ग्राहकको सुविधालाई मुख्य प्राथमिकतामा राखेर देशभरका विभिन्न शाखाहरुबाट शनिवार तथा सार्वजनिक विदाको दिनमा समेत बैंकिङ्ग सेवा लिन मिल्ने व्यवस्था मिलाएकोे बैंकले जानकारी दिएकाे छ ।
प्रतिकृया दिनुहॊस