rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

आजको पञ्चाङ्ग
वि.सं. वैशाख २७, २०८१ । ई.सं. 09 May, 2024 । शक संवत् १९४६ । नेपाल संवत् ११४४ बछलाथ्व । कालयुक्त उत्तरायण वसन्त । बिहीबार वैशाख शुक्लपक्ष । तिथि प्रतिपदा ०७:२४ बजेसम्म, त्यसपछी द्वितिय । नक्षत्र कृत्तिका १३:२० बजेसम्म, त्यसपछी रोहिणी । योग शोभन १६:२० बजेसम्म, त्यसपछी अतिगण्ड । करण वव ०७:२४ बजेसम्म, त्यसपछी वालव १८:४१बजेसम्म, त्यसपछी कौलव । चन्द्रराशि वृष । आनन्दादि योग लुम्ब । दिनमान १३:२१ । सूर्योदय ५:२१ । सूर्यास्त १८:४२ । ल.पु. मत्स्येन्द्रनाथलाई रथारोहण गर्ने । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा 

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । मनोरञ्जनमा सहभागिता भइनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता पनि मिल्ला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको दिन सामान्य नै रहनेछ । लत्ता कपडामा बढी धन खर्च हुने र सामान हराउने योग छ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । यात्रा कष्टकर हुनसक्छ सचेत रहनु पर्छ, तर आफन्तसँग भेटघाट हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज प्रणयसम्बन्ध बढ्ने समय रहेको छ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । कार्य सम्पादनमा सहजता पनि मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज शुभकार्यको चर्चा चल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । शुभ कार्यमा सरिक भइनेछ । आँटेको र ताकेको कार्य पनि पुरा होला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । झैझमेलाको अवस्था आउला । फलदायी यात्रा नहोला, तर सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अधुरो काम पूरा हुनेछ । धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) ठीक समयमा सही निर्णय लिन सकिनेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । बौद्धिक काममा सफलता मिल्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज मन खिन्न हुने स्थिति आउनेछ । महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नु राम्रो होला । राजनीतिक कार्यमा पनि बाधा आउनसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) वैदेशिक कार्य अघि बढ्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । मित्रताको बन्धन कसिने बेला छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ कमको थालनी हुनेछ । अचल सम्पत्ति हात पर्ला । धार्मिक यात्राको योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भ्रमपूर्ण विज्ञापनमा विज्ञापन बोर्डको ‘एक्सन’

काठमाडौं । विज्ञापन बोर्डले सामाजिक सञ्जाललगायत विभिन्न माध्यममा भ्रमपूर्ण विज्ञापन हुने गरेको जनाएको छ । …

प्रतिकृया दिनुहॊस