काठमाडौं । प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयकमा सहमति नजुटेपछि प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको हो । आज दिउँसो प्रतिनिधिसभाको बैठकमा शून्य र विशेष समय लिएर सांसदहरुले बोल्ने क्रम सकिएलगत्तै सभामुख कृष्णबहादुर महराले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए । तर चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयकमा नेपाली कांग्रेसले असहमति जनाएपछि बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित गरिएको छ । आजको बैठकमा …
पुरा पढ्नुहॊस »चितवनमा बस अनियन्त्रित भई पल्टिँदा एकको मृत्यु, १८ घाइते
काठमाडौं । चितवनमा गुडिरहेको बस अनियन्त्रित भई पल्टिँदा बसमा सवार १ एक जनाको मृत्यु भएको छ । यस्तै १८ जना घाइते भएका छन् । भैरहवाबाट भरतपुर हुँदै वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ५११८ नम्बरको बस पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा आज बिहान सडक छेउमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा चितवनको राप्ती नगरपालिका–५ बस्ने १४ वर्षिय सुनिल मिजारको मृत्यु भएको प्रहरीले जनाएको छ । मिजारको उपचारका क्रममा भरतपुर …
पुरा पढ्नुहॊस »मापसे गरी सवारी चलाउनेलाई एक रात जेलको बास
काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने चालकहरुका लागि हिरासतमा समेत बस्नुपर्ने नियम बनाएको छ । यसअघि मापसे गरेर सवारी चलाउनेहरुका लागि एक हजार रुपैयाँ जरिवाना, लाइसेन्समा प्वाल र ट्राफिक जनचेतनाबारे कक्षा लिनुपर्ने नियम रहेको थियो । मापसे जाँचमा नियमको छिद्र प्रयोग गरेर लाइसेन्स प्वाल पार्नबाट बच्नेहरु बढेपछि महाशाखाले यसमा थप कढाई गरेको हो । मापसे जाँचमा पर्दा ब्लुबुक मात्र प्रस्तुत गर्ने र लाइसेन्स नभएको …
पुरा पढ्नुहॊस »सिंगापुरबाट प्रचण्ड आज सीतासँग फर्कदै
काठमाडौं । पत्नी सीता दाहालको उपचारका लागि सिंगापुर गएका प्रचण्ड आज फर्कने भएका छन् । सीताको स्वास्थ्यमा सुधार आएपछि प्रचण्ड आज पत्नी सीतासँगै फर्कन लागेका हुन् । प्रचण्ड असार ३ गते पत्नी सीताको उपचारका लागि सिंगापुर गएका थिए । चिकित्सकको सुझाव अनुसार सीताको उपचारको फ्लोअपका लागि प्रचण्ड सिंगापुरतर्फ गएका थिए । वाटरथेरापी र चिकित्सकको सुझाव अनुसारको औषधि सेवनले सीताको स्वास्थ्यमा सुधार आएको पारिवारिक स्रोतले बतायो । चिकित्सकको सुझाव अनुसार सीताको …
पुरा पढ्नुहॊस »सुनिता दुनुवारले पाइन् विश्व प्रतिष्ठित हिरो अवार्ड
काठमाडौं । अमेरिकी सरकारले शक्ति समूहकी संस्थापक सदस्य सुनिता दनुवारलाई मानव बेचबिखन र आधुनिक दासत्वविरुद्धको ‘हिरो’ घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयमा आयोजित एक समारोहमा विदेशमन्त्री माइक पोम्पियोले र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्पले ‘ट्राफिकिङ इनपर्सन हिरो–२०१८’ अवार्ड दनुवारलाई संयुक्त रूपमा प्रदान गरेका हुन् । अमेरिकाले हरेक वर्ष विश्वभरका १ सय ८० राष्ट्रमध्येबाट बढीमा १० अभियन्तालाई ‘टीआईपी हिरो’ अवार्ड दिन्छ । सो अवार्ड पाउने दनुवार चौथो नेपाली …
पुरा पढ्नुहॊस »कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)
काठमाडौं । सन् २०१९ का लागि लिइएको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते लिएको परीक्षाको नतिजा आज प्रकाशित भएको हो । यो वर्ष कुल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उतीर्ण भएको बैदेशिक रोजगार विभाग इपिएस शाखाले जनाएको छ । यो वर्ष कोरियाले ७ हजार १ सय नेपाली कामदारको कोटा दिएको थियो । कोटाभन्दा झण्डै ९ सय …
पुरा पढ्नुहॊस »काँग्रेस पहिलो पार्टी बनेपछि मात्र देउवाले सभापति पद छाड्ने
भक्तपुर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसलाई पहिलो पार्टी नबनाएसम्म आफूले पार्टी सभापतिको पदबाट विश्राम नलिने बताएका छन् । नेपाली काँग्रेस चाँगुनारायण नगपालिका वडा नं. ७ द्वारा आज आयोजित धान दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले नेपाली काँग्रेसलाई एकजुट र बलियो नबनाएसम्म विश्राम नलिने स्पष्ट गरे । पार्टीका सबै कार्यकर्ता र नेताहरु मिलेर पार्टीलाई एकजुट बनाउनुपर्ने चर्चा गर्दै देउवाले अब काँग्रेस आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने दाबी गरे । …
पुरा पढ्नुहॊस »१५ औँ राष्ट्रिय धान दिवस मनाइँदै
काठमाडौँ । आज असार १५ गते अर्थात १५ औँ राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल सरकारको ‘धान उत्पादनमा वृद्धिः राष्ट्रको समृद्धि’ भन्ने मुल नाराका साथ देशभर कृषक र सरोकारवालाहरु धान दिवस मनाउन लागेका छन् । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवस संगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । आजको दिन खेतमा धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा …
पुरा पढ्नुहॊस »धादिङमा पहिरोले घर बगाउँदा ५ को मृत्यु
काठमाडौं । अविरल वर्षापछि गएराति आएको पहिरोका कारण धादिङको छुट्टा–छुट्टै स्थानमा गएको दुई परिवारका ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा खानियाँबास ५ का राजकुमार गुरुङकी श्रीमती ३३ वर्षीया बसुदा गुरुङ, १० वर्षकी छोरी लक्ष्मी र पाँच वर्षकी छोरी सरस्वतीको मृत्यु भएको प्रहरीले जनाएको छ । राजकुमारका १० वर्षका छोरा विकास गुरुङ सामान्य घाइते भएका छन् । यसैगरी, खनियाँबास–४ चिउरीबोट गाउँमा पहिरोमा पुरिएर ६० वर्षीय शमशेर घले र उनकी …
पुरा पढ्नुहॊस »धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प
काठमाडौं । काठमाडौंमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ९ बजेर ५० मिनेट जाँदा धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ । केन्द्रका अनुसार धादिङको सुनौलो बजारबाट ४.५ किलोमिटर उत्तर पश्चिमलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकासहित धादिङको छिमेकी जिल्लाहरुमा महसुस गरिएको थियो । भूकम्पको क्षतिको विवरण भने आएको छैन ।
पुरा पढ्नुहॊस »